भक्तपुर, असोज २५ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नयाँ चाल चल्दै नेपालका बामपन्थी दललाई पनि आफ्नो प्रभावमा पार्न लागेको बताएका छन् ।
रफत सन्चार क्लबले सोमबार भक्तपुरमा गरेको कार्यक्रममा नेमकिपाका अध्यक्ष बिजुक्छेले ‘एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नासाथ भारतले दिएको बधाइ र इन्धन लिन गरिएको आग्रह भारतको नयाँ चाल हुनसक्ने’ बताए ।
भारतले नेपाली कांग्रेस र मधेसी दल आफ्नो ‘पकेट’को भएकाले बामपन्थीलाई पनि आफ्नो प्रभावमा पार्न नयाँ कूटनीति अवलम्बन गरेको हुनसक्ने उनको भनाइ थियो ।
‘भारतको दबाबमा आएर तत्कालै संविधान संशोधन गरे त्यसले देशमा अस्थीरता बढ्ने’ भन्दै उनले ‘तत्कालै संविधान संशोधन देशका लागि घातक सावित हुने’समेत बताए ।
‘ओलीको नेतृत्वमा सरकारले ठूलै जटिलताको सामना गर्नुपर्ने र कांग्रेस अब प्रतिपक्षमै बस्ने अवस्था रहेकाले सहमतिको राजनीतिमा खडेरी देखापर्ने’ उनको भनाइ थियो ।
No comments:
Post a Comment