काठमाडौं । बिहानै एमालेका एक केन्द्रीय सदस्यले फोन गरेर भने, ‘विष्णु काम्रेडले मात्र आज सपथ लिने निधो भयो । अरु पछि । भिम काम्रेड र सत्यनारायणको पनि कुरा आएको छ तर, आज हैन ।’
एमाले स्रोत भन्छ भिम रावललाई दिने मन्त्रालय पक्का नभएका कारण उनी अब मन्त्री बन्ने छैनन् । उनलाई गृह र परराष्ट्र मध्ये एक दिनुपर्ने हुन्छ ।
तर, दुवै मन्त्रालय गठबन्धनका अरुलेनै पाइसकेका छन् । अर्थमा सुरेन्द्र पाण्डेको चर्चा पनि थियो । विष्णु पौडेलले अर्थव्यवस्था नबुझेको भन्दै पार्टी भित्रै विवाद पनि भयो ।
अनि ओलीलाई आफु पछिको दोस्रो बरियतामा पार्टीबाट कस्लाई लाने भन्ने समस्या आयो । बामदेब गौतमले पनि दोस्रो बरियता सहित उर्जा मन्त्रालयमा जाने इच्छा देखाएको भन्ने हल्ला चलेपछि ओलीले बामदेवलाई कुर्न र भिमरावलसँग कुरा गर्न पौडेललाई रोकेको बुझीएको छ । तर, बामदेवले आफु अब मन्त्री नबन्ने बताएका छन् ।
No comments:
Post a Comment