• Breaking News

    10.13.2015

    चीनले खोस्यो भारतको भाग !


    २०७२ असोज २६ गते

    काठमाडौं, २६ असोज । तिब्बतमा ब्रह्मपुत्र नदीमाथि निर्माण भएको चीनको सबैभन्दा ठूलो विद्युत परियोजना-जम हाइड्रोपावर स्टेशनको सबै लाइन मंगलबारबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।
    चीनले परियोजनाका ६ वटा इकाइबाट ब्रह्मपुत्र नदीको विजुली देशको राष्ट्रिय प्रशारण लाइनमा जोडेको चिनियाँ समाचार संस्था सिन्हुवाले जनाएको छ । चीनले विजुलीलाई राष्ट्रिय प्रशारण लाइनमा जोडेपछि भारतलाई तनाव भएको छ । अर्काे तर्फ भन्दा चीनले भारतको भागै खोसेको छ ।
    भारतीय सञ्चारमाध्यमहरुले प्रकाशित गरेको समाचार अनुसार ब्रह्मपुत्र नदी चीनको तिब्बतबाट भारत हुँदै बंगलादेशसम्म बग्ने गरेको छ । यो नदीबाट भारतले हजारौं हेक्टर जमिनमा सिँचाई गर्दै आइरहेको थियो ।
    तिब्बतको ब्रह्मपुत्र नदीमाथि चीनले बनाएको ड्याम
    तिब्बतको ब्रह्मपुत्र नदीमाथि चीनले बनाएको ड्याम
    तर अहिले चीनले नदीको पानीबाट विजुली उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्दा अब सिँचाईका लागि पानी नपाउने भएपछि भारत चिन्तामा डुबेको हो । भारतीय सञ्चारमाध्यमले लेखेका छन्- ब्रह्मपुत्र नदीको पानीबाट निकालिएको विजुली राष्ट्रिय लाइनमा जोडिदा पानीको धेरै खपत हुन्छ । जसका कारण भारतले पाउँदै आएको सिँचाई सुविधा अब गुमाएको छ । यसले भारतलाई ठूलो नोक्सान गर्नेछ ।’
    सबैभन्दा ठूलो यो परियोजनाले एक वर्षमा २.५ अरब किलोवाट बिजुली उत्पादन गर्ने बताईएको छ । यो विजुलीलाई तिब्बतका विभिन्न भागमा समेत प्रवाह गरिने उक्त विद्युत परियोजना निर्माण गर्ने कम्पनी ‘चाइना गेझोउबा ग्रुप’ले जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र