• Breaking News

    10.12.2015

    राप्रपा नेपालबाट कमल थापासहित रामकुमार सुब्बाले सपद खाँदै



    काठमाडौं–नयाँ बन्ने सरकारमा राप्रपा नेपालबाट आज दुई जनाले मन्त्रीको सथप खाने भएका छन् । अध्यक्ष कमल थापा र सभासद रामकुमार सुब्बाले मन्त्रीको सपथ खान लागेका हुन् ।
    राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरिले  थापा र सुब्बाले मन्त्रीको रुपमा सपद खान लागेको जानकारी दिए ।

    थापाले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रीको रुपमा सपथ खान लागेको बताइएको छ भने सुब्बाले बिना बिभागिय मन्त्रीको रुपमा सपथ खुवाइने बताइएको छ ।
    राप्रपा नेपालको भागमा परेको आधा दर्जन   मन्त्रालयमध्ये थापा र  सुब्बाको नाम टुंगो लागेपनि  अरु   मन्त्रीको टुंगो लगाउन बाँकी रहेको गिरीले बताए । ‘अध्यक्ष कमल थापा र रामकुमार सुब्बाले आज मन्त्रीको सपथ खानुहुन्छ बाँकी मन्त्रीको नाम पनि भरै भोलिमा टुंगो लगाउँछौं’, गिरीले भने ।
    यसैबी एक मन्त्रीको टुंगो लगाउन बाँकी रहँदा धेरै आकांक्षीहरु देखिएका छन् । मन्त्रीमा गिरीसहित दिनेश श्रेष्ठ, कुन्ती शाही, विक्रम लामा , सशेन्द्र वान्तवालगायत आकांक्षी देखिएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र