काठमाडौ, भदौ २६
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आगामि भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छन्।
रिपोर्टर्सं क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन–अब संविधान बन्यो, निश्चित हुनुस्, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ। संविधान निर्माणको प्रक्रिया रोकिदैन। भोलीबाट प्रक्रिया सुरु हुन्छ।
भण्डारीले तराईमा भईरहेको आन्दोलनलाई साम्प्रदायिक दंगातर्फ लान खोजिएको आरोप लगाउँदै यस अवस्थामा तराईका जनताको शान्ति सुरक्षाको लागि सेना परिचालन गरिएकालेे सेना परिचालन फिर्ता नहुने स्पष्ट पारिन्। 'उपचार गर्न लगिएकोलाई मार्ने, पार्टी कार्यालयमा आगजनी गर्ने, आगलागी गर्न आउने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने?' भण्डारीले भनिन्, 'शान्ति सुरक्षाकालागि सेना परिचालन ठीक हो।'
एमाले , काग्रेस र एमाओवादीले मधेसबाट सबैभन्दा बढी प्रतिनिधित्व गरेको अवस्थामा उनीहरुले मधेसको प्रतिनिधित्व गर्दैनन भन्ने कुरा हास्यास्पद भएको भन्दै उनले प्रश्न गरिन–एमालेको यादव यादव नहुने, उनीहरूका यादव यादव नै रहने?
संसारमा कतै पनि संविधानमा सबैको भावना पुरा गर्न नसक्ने भन्दै आफूहरुले पनि जनसंख्याको आधारमा ५० प्रतिशत महिला सहभागिता माग्दा नपाएको तर्फ ध्यान दिन सुझाव दिइन्।
भण्डारीले झापादेखि कन्चनपुरसम्मको प्रदेश कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाले गर्ने निर्णयको लागि संविधानसभामा सहभागि हुनु पर्ने बताइन्।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment