• Breaking News

    9.12.2015

    एन्टिबायोटिक प्रयोग नरोके १ करोड मानिस मारिनेछन् !

    काठमाडौं । डब्ल्यूएचओले एन्टिबायोटिक औषधीको अन्धाधुन्ध प्रयोगको बिषयलाई लिएर दक्षिण पूर्वि एसियाली देशहरुलाई सचेत गराएको छ ।

    संगठनकी दक्षिण एसिया प्रमुख पूनम खत्रपाल सिंहका अनुसार एन्टिबायोटिक औषधीको अन्धाधुन्ध प्रयोगका कारण एन्टिबायोटिकको विरुद्ध प्रतिरोध माइक्रोबियल पैदा भइरहेको छ । नेपालमा पनि एन्टिबायोटिक औषधीको व्यापक मात्रामा प्रयोग गरिन्छ ।

    उनले अगाडि भनेकी छिन्, ‘यदि एन्टिबायोटिकको प्रयोगलाई अन्धाधुन्ध प्रयोगका विरुद्ध उचित कदम लिन नसकिए सन् २०५० सम्म विश्वमा एन्टी माइक्रोबियल प्रतिरोधका कारण मर्ने मानिसको संख्या एक करोडसम्म पुग्नेछ । जसको मुख्य हिस्सा दक्षिण एसियाली देशहरु हुनेछन् ।’

    उनी भन्छिन्, ‘हामी यी एन्टिबायोटिक औषधीबाट सधैंको लागि हात धोएर बस्नेछौं, जुन हाम्रो अहिलेको उपचारको सर्वोत्तम उपाय भइरहेको छ । तर कैयौं एन्टिबायोटिक औषधी छन्, जसको अहिलेसम्म कुनै विकल्प नै छैन ।’ एजेन्सी


    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र