काठमाडौं, २१ भदौ ।
ड्यास माओवादीबाट अलग भएको एक वर्ष नबित्दै विप्लव माओवादीमा अन्तसंघर्ष चर्किएको छ ।
जातीय क्षेत्रीय संघीयतालाई समर्थन गर्ने की नगर्ने भन्ने सो पार्टीमा तीव्र विवाद जन्मिएको छ । एकथरीले संघीयतालाई समर्थन गर्नुपर्छ भन्ने मत राखेका छन् भने अर्काथरीले त्यो गर्नु हुन्न भन्ने मत राखेका छन् ।
पार्टीका महासचिव विप्लव दुवै मतलाई उत्तेजित नगर्न मौन बसेका छन् । उनी आफैं चाँहि जातीय संघीयताको विरुद्धमा छन् । यस विषयमा पनि विप्लव चर्को स्वरमा बोल्दैनन् ।
आफ्नै पार्टीका नेता खड्गबहादुर विश्वकर्माले केही व्यवहारिक पक्ष मिलाएर मात्र विद्रोहमा जानुपर्छ भन्ने मत राखेका छन् भने विप्लवले संक्रमणकालको लाभ उठाएर तत्काल जानुपर्छ भन्ने मत राखेका छन् ।
प्रकाण्ड र विप्लवबीच अन्तरविरोध प्रारम्भ भएको छ । विचारका हिसाबले विप्लवभन्दा प्रकाण्ड बलियो बन्दै गएका छन् । यही स्थितिमा ड्यास माओवादीसँग फुटको औचित्यता पुष्टी गर्न नसकेर विघटनमा पुगिने विप्लवलाई चिन्ता छ ।
‘प्रकाण्ड र धर्मेन्द्र बास्तोला बृहत माओवादी एकताको पक्षमा लाग्नुभएको छ र यो बीचमा एमाओवादी महासचिव कृष्णबहादुर महरासँग अनौपचारिक छलफल भएको छ ।’ प्रकाण्ड निकट स्रोतले बतायो । साँघु साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment