• Breaking News

    9.06.2015

    आन्दोलनमा मृत्यु भए ५० लाखको घोषणा गरेको मोर्चाले २ लाख दिने

    लुम्बिनी, भदौ २१ । मधेश आन्दोलनमा शहादत प्राप्त गर्नेलाई शहिद घोषणा र ५० लाख रुपैयाँ दिने घोषणा गरेको मधेशी मोर्चाले मृतकका परिवारलाई दुई लाख दिने भएका छन् । अनिश्चितकालीन् मधेश बन्दको दौरानमा भैरहवास्थित झडपमा शहादत प्राप्त गरेका चारजना शहीद परिवारलाई जनही दुईलाख दिने संयुक्त मधेशी मोर्चाले घोषणा गरेको छ ।

    मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले शहीद परिवारलाई सान्त्वना स्वरुप मोर्चाले शभेच्छुक तथा उद्योगी व्यापारीहरुसँग आर्थिक सहयोग उठाई जनही दुईलाख दिने घोषणा गरेको हो ।
    संयोजक यादवले शहीद सुनिल यादव, शैलेन्द्र श्रीवास्तव, दुर्गेश यादव तथा रामेश्वर पासीको परिवारलाई जनही एकलाख हस्तान्तरण गरिसकेको हुँदा बाँकी एक–एक लाख यथाशीघ्र उपलब्ध गराउने बताए ।

    अर्को प्रसंगमा उनले धानखेतीमा किसानहरुले मलखाद हाल्न जिल्ला सहकारी संस्थामार्फत ओसारपसार गर्नुपर्दा सवारी अगाडि पछाडी कृषि प्रायोजन खुलाएर लागेमा मोर्चाले अवरोध नगर्ने जानकारी गराएका छन् । उनले यदि बाटोमा कुनै कार्यकर्ता अवरोध सिर्जना गर्न खोजेमा ९८५७०२१२१३ मोबाइलमा सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र