• Breaking News

    9.05.2015

    ‘अब मधेसमा के के हुन्छ, भन्न सक्दिन ’

    -राजेन्द्र महतो, अध्यक्ष, सदभावना पार्टी
    शनिबार राति प्रमुख तीन दलका टाउके खसवादी नयाँ राजाहरुले गरेको संशोधन प्रस्ताव दर्ताले मधेसी जनताको धैर्यताको बाँध टुटाएको छ । संविधानको मस्यौदा संशोधनमा आन्दोलनरत जातजाति, मधेसी, थारु आदिको माग सम्बोधन हुने अपेक्षा गरिएको थियो । तर त्यसलाई तुषारापात गर्दै प्रमुख दलहरुले आफूखुसी संविधान जारी गर्न तम्सेका छन् । यसरी जारी हुने संविधान हामी मान्दैनौं । ४७ सालको संविधानलाई गीता, बाइबल, रामायण झै ठानिएको थियो । तर त्यो पनि टिकेन । अब यी तीन दलले लादेको संविधान हामी कसरी मान्छौ ? कुनै पनि हालतमा मान्दैनौ ।
    आफ्नो माग सम्बोधन होला भनेर जनताले धैर्य गरेका थिए । तर अब हरेक नागरिक घरबाट निस्केर सडकमा आउँदा आन्दोलन कस्तो हुन्छ भन्ने यी खसवादी शासकले राम्रोसँग बुझ्ने छन् । अबको आन्दोलन कठोर र सशक्त हुनेछ । त्यसको परिणाम के के हुन्छ भन्ने सक्दिन । जनतालाई अधिकार देउ भन्दा यी शासकहरुले मानेनन् ।
    हामीलाई झुक्याउन आयोग बनाउने र त्यसमार्फत हाल असन्तुष्ट रहेका दलहरुको माग सम्बोधन गर्ने भनेर झुक्याइयो । अहिलेसम्मको अनुभवले सिकाएको के हो भने कुनै पनि काम नगर्नका लागि हो आयोग बनाएर नाटक गर्ने । आयोग बनाउने भन्ने बित्तिकै बुझ्नु पर्छ, काम हुनेवाला छैन । आयोगको कुरा गर्नेले अघिल्लो संविधानसभामा गठीत आयोगले तराईमा दुई प्रदेश हुनु पर्छ भनेको थियो त । किन हुँदैन त्यो कार्यान्वयन ? यसकारण आयोग बनाउनु भनेको फेरि पनि जनतालाई अधिकार नदिने षडयन्त्र गर्नु हो ।
    मधेसको भूमि पहाडसँग मिसाएर मधेसीहरुलाई विभक्त गर्ने मात्रै होइन, झापा, मोरङ, सुनसरीलाई मधेससँग अलग गरेर राज्यले मधेसी र पहाडी समुदायबीच फाटो ल्याउन खोजको छ । किनभने पूर्वका यी तीन जिल्लामा जनजाति, पहाडीहरुको संख्या उल्लेख्य छ । अव पहाडीको जनसंख्या बढी हुनेबित्तिकै उनीहरुले मधेससँग यी तीन जिल्ला अलग गरिदिए । पश्चिममा पनि थारुहरुको हकमा त्यही गरिदिए । यसको मतलव हो कि पहाडी र मधेसी एकै प्रदेशमा मिलेर नबसून भनेर तीन नेताले यस्तो निर्णय गरे । साम्प्रदायिक सोच भएका यी कोइराला, ओली र दाहाल नयाँ राजाको रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् । २५० वर्षको राजसंस्था त जनताको शक्तिको अगाडि टिकेन भने यीनीहरु कसरी टिक्छन् ?
    (कुराकानीमा आधारित)
    kathmandutoday
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    2 comments:

    1. 90% sabhasad le sambidhan banaune bhanera lagne ra Mahato ko 2-3 ota sabhasad bhayeko le sambidhan banna dinna bhanne......,yo bada bichitrako kura chha....Mahato le Jati patak mantri bhaye tyo bela ma kehi bolena ....Madesi janta le vote nai na diyera Madesh bata harayepachhi afno astito joginchha ki bhanera asafal prayas gareka hun........timro dhak ra dhamki le Sambidhan sabha le sambidhan nai na banaune......

      ReplyDelete
    2. 90% sabhasad le sambidhan banaune bhanera lagne ra Mahato ko 2-3 ota sabhasad bhayeko le sambidhan banna dinna bhanne......,yo bada bichitrako kura chha....Mahato le Jati patak mantri bhaye tyo bela ma kehi bolena ....Madesi janta le vote nai na diyera Madesh bata harayepachhi afno astito joginchha ki bhanera asafal prayas gareka hun........timro dhak ra dhamki le Sambidhan sabha le sambidhan nai na banaune......

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र