• Breaking News

    9.05.2015

    पुर्व राजा ज्ञानेन्द्र गुपचुप गायव, यस्तो छ भित्री रहस्य

    २०  भदौ,
    पुर्व राजा ज्ञानेन्द्र शाह संविधान जारी गर्ने मिति नजिकँदै गर्दा गुमनाम भएका छन् । अघिल्लो हप्ता मात्र थाइल्याण्ड हुँदै भारतसम्म आइपुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदाीलाई उरालेर नेपाल फर्कीएका शाह यतीबेला चुपचाप पछिल्लो राजनीतिक घटनाक्रम हेरीरहेका छन् ।
    भारतीय संस्थापन पक्ष मार्फत् नेपालमा राजतन्त्रताई संविधानमा स्पेस दिनकालागि प्रमुख दलहरुलाई दवाव दिन लगाएका ज्ञानेन्द्र यतीबेला चुप बस्नुको कारण भने तराई मधेसमा भैरहेका आन्दोलन र राजनीतिक घटनाक्रम नै हो ।
    उनी निकट स्रोतका अनुसार तराईमा सल्कीएको संघीयताको आगो निभाउनै दलहरुलाई अब महिनौं लाग्न सक्छ र यस बीचमा राजनीतिले पनि अर्कै मोड लिने अवस्था आउँदा परिस्थिति आफु अनुकुल हुने शाहको विश्लेषण छ ।
    यस कारण पनि पुर्व राजा यतीबेला लगभग गुमनाम अवस्थामा रहेका छन् । यस अघिका श्रीकृष्ण जन्माष्टमीहरुमा पाटन जाने गरेका पुर्वराजा यस पटक  गएनन् ।
    आजकाल उनी निर्मल निवासमै रमाउने गरेका छन् । यसको भित्री कारण पनि छ । एकातीर संघीयताको नाममा तराईमा सल्कीएको आगो निभ्ने सुरसार छैन ।
    उक्त आन्दोलनमा दर्जन बढीले ज्यान गुमाइसकेका छन् । तर, ती मध्ये एक जना पनि हिन्दु राज्य र राजसंस्थाको पुनस्थापनाका लागि लडेका छैनन् ।
    तराईमा आफ्नो पक्षमा जनमत रहेको ठान्दै आएका ज्ञानेन्द्रको पक्षमा तराइका एकजना नेपाली पनि आन्दोलनमा नआउँदा उनको निद हराम भएको छ ।
    यता कमल थापाले चलाएको आन्दोलन पनि फिक्का सावित भएपछि संविधानमा आफ्नो स्पेसको सम्भावना सकिएको उनको ठहर छ ।
    त्यसो त संविधानसभामा कमल थापाले दर्ता गराएको संशोधन प्रस्तावले आफ्नो अवमुल्यन गरेको पुर्व राजाले आफ्ना निकटहरुलाई बताउने गरेको स्रोतले बतायो ।
    थापाले संविधानसभामा दर्ता गराएको २४ बुँदे संशोधन प्रस्तावमा राष्ट्रपतिको ठाउँमा राजसंस्था हुनुपर्ने भन्ने उल्लेख गरेका छन् ।
    जम्मा २४ सिट मात्र रहेको राप्रपा नेपालको २४ बुँदे संशोधन संविधानसभामा मतदानमा समेत नपर्ने बुझेका पुर्व राजाले कमल थापाको कदमले आफु झनै अपमानित भएको निकटवर्तीलाई बताउने गरेको स्रोतले दाबी गरेको हो ।
    बानेश्वरमा आन्दोलन गर्ने भन्दै हिन्दुवादीहरुलाई गुहार्दा समेत मान्छे जम्मा गर्न नसकेका कमल थापाको यो प्रस्तावले पनि चित्त दुखेपछि पुर्व राजा निर्मल निवासको साँघुरो घेरामै रमाउन पुगेका हुन् ।
    तर, उनलाई अन्तिमसम्म पनि आफ्नो अनुकुलमा निर्णय होलाकी भन्ने लागेको छ । यसरी आफ्ना भनिएकाहरुले नै वास्ता गर्न छाड्नु र अनावश्यक टर्चर दिँदा पुर्व राजा गुपचुप गुमनाम बसेका हुन् ।
    दुई छिमेकी मुलुकले उनको समेत भावना बुझेर संविधान जारी गर्न दिएको सुझवलाई प्रमुख दलहरुले ग्रहण गर्नेमा भने उनलाई केही विश्वास लागेको छ ।
    तर, त्यो पनि निकै कम सम्भावना रहेको छ । यस्तो बेलामा बोलेर विवादमा आउनु भन्दा नबोलेरै जनताको मनमा खुलदुली पैदा गराइदिने पुर्व राजाको काइदा हुनसक्छ ।


    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र