भनिन्छ भगवान सबैका हुन् । हरकोहिले भगवानको पुजा गर्न पाउँछ अनि प्रसाद पनि लिन पाउँछ । तर भारतमा यस्तो मन्दिर छ जहाँको प्रसाद केवल पुरुषले मात्र लिन पाउँछन् । करिब २०० वर्ष पुरानो यो मन्दिरको प्रसाद महिलाले खान बन्देज छ ।
भारतको झारखंड स्थित हाथीखेडा मन्दिरमा यस्तो प्रचलन रहिआएको छ । आखिर किन यस्तो गरिएको हो त ? यसको जबाब न त मन्दिरका पुजारी सँग छ न मन्दिर व्यवस्थापन समिती सँग छ । बस चलिआएको मान्यता र परम्परा भन्दै यहाँको प्रसाद महिलालाई दिइदैंन ।
यो मन्दिरमा भगवान शिवको पुजा गरिन्छ । किवंदन्ती अनुसार यो क्षेत्रमा करिब २०० वर्षअगाडि हात्तीको झुण्डले आक्रमण गरि निकै सताएको थियो । हात्तीको आक्रमणमा परि कैयौंको ज्यान गएको थियो । त्यसपछि हात्तीको आक्रमणबाट बचाउनका लागि कुलदेवताको रुपमा हाथीखेडा बाबाको मन्दिर स्थापित गरि शिवको पुजा गरिएको थियो । पुजापछि अहिले सम्म हात्तीले आक्रमण नगरेको स्थानीयको भनाई छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment