• Breaking News

    9.16.2015

    हिन्दू राष्ट्रको एजेन्डा त्याग्न कमल थापाले ६ करोड लिएको खुलासा

    प्रकाश थापा,काठमाडौ, ३० भदौ ।
    नेपालमा धर्म निरपेक्षता विरुद्ध चर्को बहस चलेपछि मजधारको बाटो धार्मिक स्वतन्त्रताको अभ्यासका लागि प्रमुख दलहरु अनौपचारिक सहमतिमा पुगेका बेला धर्म निरपेक्षतालाई कायम राख्न भ्याटीकनका प्रभावशाली इशाई धर्म गुरु फर्नाण्डो फिलोनीको नेपाल भ्रमणको चर्चा चलिरहेको थियो ।

    मंगलबार नेपाल आउने अन्तिम तयारी पूरा भए पनि बंगलादेशमा रहेका फिलोनीको भ्रमण अचानक स्थगित गराईयो ।
    सरकारले भ्रमण समय अति संवेदनशील समयमा भएकाले पत्राचार गरेरै नआउन सुझाए पछि भ्रमण स्थगित भएको जनाईएको छ ।
    तर स्याल पनि कराउनु बाख्रो पनि हराउनु भए जस्तै फिलोनीको भ्रमण स्थगित भएपछि उनका अर्का प्रतिनिधि जर्ज साईमनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई धर्म निरपेक्षताबारे चर्को विरोध नगरी संविधानसभा प्रक्रियामा सामेल हुन आग्रह गर्दै पेश्की स्वरुप ६ करोड रुपैया थमाएको उच्च स्रोतको दाबी छ ।
    संविधानसभा प्रक्रियाबाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले असहमति जनाएर छोडे पछि धेरैले बार्गेनिङ भनेर आरोप लगाए पनि थारुको छोराले थरुहट मागमा आदिवासी जनजातिको सूचीमा ठुलो संख्या भएकाहरु मध्ये अग्रणी थारु समुदायलाई सम्बोधन नगरिएको संविधानसभा प्रक्रियामा सामेल नहुने अडान कायमै राखेका छन् । तर, निकै चर्को कुरा गदै धार्मिक अतिवादी राजनीति गदै आएका शाही कालका गृहमन्त्री कमल थापा नेतृत्वको राप्रपा नेपालले संविधान निर्माण प्रक्रिया छाडेको घोषणा गरेको ४ दिनै पुन संविधान निर्माण प्रक्रियामा हात हालेको थियो । श्रोतका अनुसार फिलोनीका प्रतिनिधि जर्ज साईमनले पार्टीलाई धर्म निरपेक्षताका सवालमा चर्का कुरा नगरी संविधानसभा बाहिर राजनीतिक रुपमा मात्रै उठाउन आग्रह गर्दै पछि सम्म हिन्दू एजेण्डा उठाएर राजनीति गर्न सजिलो हुने सुझाउदै त्यसका लागि ६ करोड रुपैया पेश्की स्वरुप थमाए पछि कमल थापा ४ दिनमै संविधानसभामा ‘यु टर्न’ भएको कमल थापा ‘यु टर्न’ प्रकरण र भ्याटीकनका प्रभावशाली इशाई धर्म गुरु फर्नाण्डो फिलोनीको नेपाल भ्रमणको तयारीमा जुटेका क्रिश्चियन श्रोतले जनाएको छ । शाही कालमा जनदमन गरेर जनताका नजरमा चुत्थो देखिएका कमल थापाले ९० प्रतिशत भन्दा बढी हिन्दू धर्मावलम्बी भएको नेपालमा धार्मिक राजनीतिवाटै आफ्नो भविष्य खोजेको प्रष्ट छ ।
    ८ वर्षमै मुलुकको प्रमुख दलहरुको स्थानमा आउन सफल राप्रपा नेपालले समेत क्रिश्चियनको यत्रो पैशा खाए भनेको सुन्दा समेत अचम्म परेको हिन्दू धार्मिक जागरण अभियानका कार्यकर्ताहरुले बताएका छन् । उता क्रिश्चियन महासंघका अध्यक्ष डा. सुन्दर थापाले भने यसबारे आफूलाई केही थाहा नभएको प्रतिक्रिया दिएका छन् । नेपालमा क्रिश्चियन र हिन्दू दुवै अभियानमा स्वदेशी विदेशी सहयोग रहदै आएको छ ।
    कतिपयले गिरिजाप्रसाद कोइरालाले विदेशीहरुको इशारा र करोडांै रुपैया लिएर तत्कालिन पुनस्थापित संसद मार्फत नेपाललाई धर्म निरपेक्षता घोषणा गर्न सहमत भएको त्यसमा सभामुख सुभाषचन्द्र नेम्वाङ, एमाओवादी नेता बाबुराम भट्टराई लगायतसंग पनि आर्थिक र राजनीतिक चलखेल तथा आन्तरिक सम्झांैता भएको जानकारहरुको भनाई छ । साभार :हरेक पल


    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    3 comments:

    1. sabai pateharuo lya paisa khaya ka rayachan tara hame kena patema lagya ko ho hame pane tyastai rahya chuo ane kena aruo lai auola outhauo chauo aba ta nepali lya paisa ko lage kya matra na byaclan nepali bhana pane laj lagna thalyo thouka ..............???????????????????????

      ReplyDelete
    2. kha kura kei pani bujhiena.....aba khai kaslai vanne dollar maa bikeko nabikeko! tyo ta samaya le nei afai bataudai janecha. kamal thapal le hindu haru lai lopare ki kya ho??

      ReplyDelete
    3. Khoi halla jasto lagyo.... Kamal thapa jasto manche k 6 crore ma beeke holan. Yo affwa Ho ya amount galat cha.

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र