• Breaking News

    9.16.2015

    आफ्नो प्रस्ताव शीर्ष नेताले नमानेपछि भारतीय राजदूत रञ्जीत रेले पत्रकार गुहारे

    काठमाडौं, ३० भदौ । संविधान निर्माण प्रक्रियामा आफूले राखेको प्रस्ताव नेपालका शीर्ष नेताहरुले नमानेपछि भारतीय राजदूत रञ्जीत रे ले पत्रकार गुहारेका छन् ।
    बुधबार लैनचौरस्थित दूतावासमा पत्रकार सम्मेलनै गरेर घुमाउरो भाषामा शीर्ष नेतालाई सम्झाई दिन भारतीय राजदूत रे ले केही सिमित मिडियाका सम्पादकलाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा उनले मधेसी, थारु लगायतका सबै समुदायको भावनालाई नसमेटी जारी हुने संविधान भविष्यमा धेरै दिन नटिक्ने चेतावनी दिए ।
    बहुमत भएन् भन्दै मधेसी र जनजातिलाई नसमेट्नुले भविश्यमा नेपालको स्थायित्व टिक्दैन की भन्ने चिन्ता आफूलाई लागेको उनको भनाई थियो । वार्ता र सम्वादको माध्यमबाट मधेसी र जनजातिलाई समेट्नुपर्ने भारतको चाहना रहेको राजदूत रे ले स्पष्ट पारे । उनले भने-‘भविष्यमा नेपालको स्थायित्वका लागि मधेसी र जनजातिको भावनालाई सम्वोधन गरिनुपर्छ ।’ नेपालमा स्थायित्वका लागि सबैलाई समटेर अघि बढ्नु उचित हुने उनको सुझाव छ ।
    राजदूत रे ले नेपालका नेताहरुले भारत भ्रमणमा जाँदा सबैलाई समेटेर संविधान निर्माण प्रक्रिया अगाडि बढाउने कुरा बोलेको स्मरण गर्दै तर, अहिले जनताको एउटा ठूलो हिस्सालाई छाडेर अघि बढ्न खोजिएको जस्तो आफूहरुलाई लागेको बताए ।
    यसअघि शीर्ष नेतलाई राजदूत रे ले मधेसी र जनजातिलाई समेट्नका लागि संविधान निर्माण प्रक्रिया केही समय रोक्न दौडधुप गरेका थिए । तर, नेपालका शीर्ष नेताहरुले भारतको कुरा नसुनी फटाफट संविधान निर्माण प्रक्रिया अगाडि बढाए । त्यही बीचमा नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजेको भन्दै भारतीय राजदूत रे लाई स्वदेश फिर्ता पठाउन माग समेत गरिएको थियो ।


    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    1 comment:

    1. महामहिमज्यु , संविधानसभामा चुनाब जितेका मधेसी सभासद बहिस्कार गर्ने भन्दा ज्यादा छन् भन्ने कुरा पनि नभुल्ने कि ? एक प्रजातान्त्रिक मुलुकको राजदुत ले सुझाब दिदा प्रजातान्त्रिक मूल्य मान्यता बिपरितको सुझाब दिन मिल्छ ? थोरै मान्छे सहमतिमा आएनन भनेर हामि सधै तिनीहरुको पछि लाग्न सक्दैनौ .

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र