• Breaking News

    9.12.2015

    डाँगीको शव ‘प्रभु’ को शरणमा

    २७ भदौ, दाङ ।

    विश्वकै होचा दाङ, पुरन्धाराका चन्द्रबहादुर डाँगी बाँचुन्जेल कट्टर हिन्दुवादी थिए। मन्दिर धाउँथे, देवीदेवता पुज्थे।

    उनले कहिल्यै धर्म परिवर्तनको सपनासम्म देखेका थिएनन्।

    ७६ वर्षको उमेरमा गत शुक्रबार अमेरिकाको सामुआस्थित एक अस्पतालमा उपचार क्रममा उनको निधन भयो।

    त्यसपछि भने बाध्यताले चर्चको बाटो डोहोर्यायो। उपचार खर्च बुझाउन नसकेर अस्पतालमा थन्किएको शवकै लागि उनको ‘आत्मा’ ‘प्रभु’ को शरणमा पर्नुपर्यो।

    सँगै अमेरिका गएका भतिजा दोलख फोनमा अफसोच व्यक्त गर्छन्, ‘अंकलको आत्माले के भन्यो होला?’

    एक सातादेखि अमेरिकाको सामुआस्थित अस्पतालमै अलपत्र डाँगीको शवलाई दोलखले अस्पतालमै सडाउन चाहेनन्। जसरी भए पनि नेपाल ल्याएर अंकलको सतगत गर्ने प्रयासमा रहेका उनीसँग आर्थिक जोरजामको केही उपाय भएन।

    अनि पुगे ‘प्रभु’ (क्रिस्चियन) को शरणमा। उनी भन्छन्, ‘अंकल बाँच्दासम्म हिन्दु धर्म मान्नुभयो, मरेपछि उहाँको आत्मालाई प्रभु कहाँ पुर्याएँ, साह्रै दुःख लागिरहेको छ।’

    अस्पताललाई तिर्ने रकमको व्यवस्था नहुँदा डाँगीको शव अस्पतालको आइसियु कक्षमै थियो। दोलखले अस्पताललाई तिर्ने खर्चको जोहो आफैं गर्न सकेनन्। न डाँगीले काम गरेको सर्कस कम्पनीले बेहोर्योख न नेपाल सरकारले कुनै पहल गर्यो।

    डाँगीको शव हेर्न आउने नयाँ अनुहारका मान्छेको भिड बढ्दै थियो। त्यही भिडमा एक जनाले दोलखलाई भने, ‘शव नेपाल लैजाने व्यवस्था हामी मिलाउँछौं।’

    यो प्रस्ताव दोलखका लागि ‘ढुंगा खोज्दा देउता मिलेजस्तै’ भयो। तर सर्त राखियो, ‘डाँगीको शव चर्चमा राखिनुपर्छ र आत्मालाई प्रभुकहाँ पुर्याउनुपर्छ।’ आजको नागरिकमा खबर छ ।
    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र