२७ भदौ, महोत्तरी ।
जलेश्वर अस्पताललाई युएनले सहयोगस्वरुप दिएको एम्बुलेन्स (निलो प्लेटको ६६–१–१२३५ नम्बर) केही समयदेखि चालकविहीन थियो। म कोष तथा लेखा नियन्त्रण कार्यालयमा काम गर्न थालेपछि अस्पतालले नयाँ चालक राखेको थिएन।
शुक्रबार बिहान आन्दोलनकारीको आक्रमणमा परेका सशस्त्र प्रहरीका असई थम्मनबहादुर विकलाई थप उपचारका लागि जनकपुर लैजानुपर्ने भएपछि अस्पताल प्रशासनले मलाई एम्बुलेन्स चलाउन आग्रह गर्यो। बिरामी पुर्याउने भनेपछि आनाकानी नगरी अस्पताल पुगेँ।
ठिक १० बजे म अस्पताल पुग्दा असई विश्वकर्मालाई एम्बुलेन्समा राखिसकिएको थियो। सशस्त्र प्रहरीको जलेश्वरस्थित जिल्ला कमान्ड कार्यालयबाट जवान राजकुमार झा उनको कुरुवा थिए। उनीहरुसँगै अस्पताल कर्मचारी सियाराम पासवान र अस्पतालनजिकै चियापसल गर्ने पप्पु साह पनि एम्बुलेन्समा बसे।
महेन्द्रचोकबाट जाँदा प्रदर्शनकारीले रोक्नसक्ने भएकाले हामी खैराचोक हुँदै परिकौलीचोक निस्कियौं। त्यहाँ पहिल्यैदेखि आन्दोलनकारीको समूह बाटो छेकेर बसेको रहेछ। एम्बुलेन्स देख्नासाथ उनीहरुले ढुंगामुढा गर्न थाले।
भिडको प्रहार छल्दै एम्बुलेन्स अगाडि बढाएँ। बाटोमा फेरि पनि अवरोध हुनसक्ने भएकाले वैकल्पिक बाटोबाट भगवानपुर पुग्ने र त्यहाँबाट जनकपुर जाने निधो गरेँ। महोत्तरी गाविस हुँदै जाने यो बाटो पहिला पनि धेरैपटक प्रयोग गरिसकेको थिएँ। आजको नागरिकमा खबर छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होस :
No comments:
Post a Comment