• Breaking News

    9.01.2015

    केटी र नागको अनौठो बिवाह

    १५, भदौ  ।बिहारको औरंगावाद जिल्लाको देव प्रखन्डको बेढनी भन्ने गाउँमा यस्तो एउटा घटना घटेको छ जसले विज्ञानलाइ नै चुनौति दिएको छ । यहाँ एकजना किशोरीको विवाह इच्छाधारी नागसंग भएको हल्ला फैलिएको छ ।


    हल्लाकै कारणले गर्दा बिवाह समारोहमा ५०००० भन्दा बढि मानिसको भिड लागेको थियो । रमाइलो कुरा त के छ भने केटीलाइ बिवाहको लागि सजाएर तयार गरियो दुलाहाको रुपमा नाग आउने भन्ने हल्ला थियो अन्तमा न नाग नै आयो न बिवाह नै भयो ।

    यसरी इच्छाधारी नागसँग बिहे गर्न लागेको हल्ला चलाइएकी किशोरी स्थानीय अखिलेश भुइयाँ नामका पुरुषकी छोरी रेणु कुमारी हुन् । उनलाई आफ्नै बाउआमा तथा परिवारले किन यसरी बलिको बोको बनाए र हुँदै नभएको हल्ला चलाएर गाउँमा सनसनी फैलाए भन्ने चाहीँ खुलेको छैन । दाबी अनुसार किशोरी बिहे गर्न इच्छाधारी नाग नआएपछि बिहे हेर्न आएका हजारौँ गाउँलेहरु निरास भएर गाली गर्दै फर्केका थिए ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र