• Breaking News

    9.01.2015

    ‘शोले’को रिमेक गर्ने रामगोपाललाई १० लाख जरिवाना

     १५ गते
    भारतको बहुचर्चित फिल्म ‘शोले’को रिमेक गरेकोमा निर्देशक रामगोपाल बर्माले १० लाख रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको छ ।
    ‘राम गोपाल बर्माकी आग’ नाममा ‘शोले’को रिमेक गरेको पुष्टी भएपछि शोलेका निर्माता रमेश सिप्पिको परिवारलाई उनले १० लाख रुपैयाँ हर्जाना तिर्नुपर्ने भएको हो ।
    न्यायधिस मनमोहन सिंहले दिएको आदेशमा बर्माले प्रतिलिपी अधिकारसम्वन्धी कानूनको उलंघन गरेको उल्लेख छ । पुरानो फिल्मका निर्माता तथा लेखकको अनुमति नलिइकन फरक नाममा रिमेक बनाउने बर्माको नैतिक आचरणमा समेत न्यायधिसले प्रश्न उठाएका छन् ।
    ‘रामगोपाल बर्माकी आगको प्रचार सामग्रीमा यो पुरानो शोलेको रिमेक नै हो भन्ने झल्काउन खोजीएको देखिन्छ,’ न्यायधिसले भनेका छन्, ‘यो फिल्मको पटकथा, चरित्रहरुदेखि लिएर संगीत र ब्याकग्राउन्ड म्युजिकसमेत पुरानो शोलेको नक्कल गरिएको छ । यसमा प्रतिलिपि अधिकार ऐन आकर्षित हुन्छ ।’
    बर्माको फिल्म रिलिजपूर्व नै सिप्पि अदालत गएका थिए । सुरुमा शोले नाम राखेरै फिल्म रिलिज गर्न खोजेका बर्माले पछि नाम बदलेका थिए ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र