• Breaking News

    9.17.2015

    सरकार छोड्ने बेलामा चित्रलेखा यादबको यस्तो लुट !


    असोज १ शुक्रबार
    काठमाण्डौ । शुसिल कोइरालाको सरकार जनतालाई नयाँ संविधान दिएर बाहिरिने मुखमा छ । देशमा संविधान आउने हर्ष, उत्साह र उमंङ्ग भइरहेकाबेला शिक्षा मन्त्रालयको जिम्मा पाएकी मन्त्री चित्रलेखा यादबको दाम सोर्होने रन्को रोकीएको छैन् ।

    दाम सोर्होने रन्कोले शिक्षा मन्त्रालयमा भदौ ३० गते बुधबार १० रेक्टस्केलको भूकम्प गएको चर्चा चलेको थियो । रकम कलमको मोलमोलाईमा चित्रलेखा यादबनै भिडे पछि देशका ७५ जिल्लाका शिक्षा कार्यालयमा खैलाबैला मच्चिएको छ ।

    खुलेआम यस्तो मोलमोलाईका बारेमा कोइराला सरकारले सोच्नुपर्ने आवाज शिक्षा कार्यालयका कर्मचारीको छ । भदौ ३० गतेको कर्मचारी सरुवाको भूकम्पले शिक्षामन्त्रालयको नाम फेरिएर द्रव्यअसुली मन्त्रालय हुन पुगेको खुलेआम शिक्षा मन्त्रालयका कर्मचारीले भन्न थालेका छन् ।

    कर्मचारी सरुवाका नाममा मन्त्रीले लाखौं द्रव्य हातपारेको देशभरि हल्ला चलेको छ । काठमाण्डौ उपत्यकाभित्र शाखा अधिकृतकै सरुवामा दुई लाख सम्म मोलतोल भएको चर्चाले शिक्षा मन्त्रालय गनाउन थालेको छ ।

    प्रधानमन्त्री ज्यु तपाईकै सरकारमा तपाईकै पार्टीको मन्त्रीको यस्तो काम कसरी हेरेर बस्नु भएको छ ? केहि दिनपछि गठन हुने नयाँ सरकारका शिक्षामन्त्रीले अहिलेका ७५ वटै जिल्ला शिक्षाका सबै सरुवा वदरगर्नै पर्ने अवस्था उत्पन्न भएको छ ।

    शिक्षामन्त्रालयमा कर्मचारी सरुवाका नाममा भएको अनियमित कामको छानविन कसले कसरी गर्छ ? यसको उत्तर कोइराला सरकारले दिनुपर्छ ।

    शिक्षामन्त्रालयले सरुवा गरेका कतिपय कर्मचारीले पत्र बुझिसकेका छैनन् । बुझेकै भए पनि प्रधानमन्त्रीको कार्यालयले तत्काल रोक्ने नजिर रहेछ ।

    यसअघि देशभरिका प्रमुख जिल्ला अधिकारी र ती कार्यालयका कर्मचारीको सरुवा भएकाबेला तत्कालै प्रधानमन्त्रीको कार्यालयले रोकेको उदाहरण पनि रहेछ । "प्रधानमन्त्रीको कार्यालयलाई चेतना भया"

    न्यूजअभियान |



    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र