• Breaking News

    9.07.2015

    तस्विर खिच्ने ऐप्सदेखि सावधान

    एजेन्सी । अमेरिकी सुरक्षा कम्पनी ‘जेडस्केलर’ले एनड्रोएड एप्लिकेशन युजरहरुलाई एउटा त्यस्तो ऐप्सदेखि सावधान गराएको छ जसले प्रयोगकर्ताहरुसँग रकम असुल्ने गरी रहेको छ ।
    ‘एडल्ड प्लेयर’ नामक त्यस्तो एप्स जसले पोर्न सामाग्री उपलब्ध गराउने गर्छ एनड्रोएडका युजरहरु सजिलै उसको जालमा फस्न सक्छन् ।
    त्यस सफ्टवेयर मार्फत प्रोग्रामलाई प्ले गर्न लगाई मोबाइलको अगाडी तर्फ रहेको क्यामेराबाट युजरको तस्विर खिचेर उनीहरुसँग रकम असुल्ने गरिन्छ । मोबाइलबाटै तस्विर खिचेपछि फोन लक हुने गरेको छ ।
    यस्ता ऐप्सबाट युजरहरुलाई बाहिर निस्कन निक्कै हम्मे परेपछि उसले स्क्रिनबाट युजरसँग ५०० डलर माग्ने गरेको छ । युजरहरुसँग पैसा माग गरिएपछि पेज अगाडि बढ्न सक्दैन ।
    सफ्टेवयर सुरक्षाा विशेषज्ञले बीबीसीलाई दिएको जानकारी अनुसार ‘रैन्समवेयर’ अर्थात युजरसँग रकम असुल्ने यस्ता सफ्टवेयरका कारण तिब्र रुपमा साइबर अपराध बढेको छ ।
    यस्ता रैन्समवेयरले युजरको व्यक्तिगत सूचना सार्वजनिक गरि दिने र डिबाइसबाट डाटा डिलिट गर्ने धम्की दिएर पैसा असुल्ने गरेका छन् । त्यस्ता एप्लिकेशनहरुलाई रैन्समवेयर भन्ने गरिन्छ ।
    इन्टेल सेक्यूरिटीका अनुसार पछिल्लो बर्ष अगस्तदेखि अहिलेसम्म फिरौती रकम माग गर्ने यस्ता मामिलाहरु १२७ प्रतिशतले बढेका छन् ।
    सुरक्षा विशेषज्ञहरुका अनुसार यस्ता एप्लिकेशनहरु गूगलमा उपलब्ध छैनन् जबकी यी पेजहरु सोझै बेपपेजबाट नै इन्सटल गर्न मिल्छ ।
    यदि तपाईको फोनमा यस्ता एप्लिकेशनहरु हुने खतरा छ भने आफ्नो डिभाइसलाई ‘रिबुट’ गरेर सेफ मोडको प्रयोग गर्नु पर्ने हुन्छ ।


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र