• Breaking News

    9.01.2015

    होशियार ! फेसबुकमा छु भन्दैमा यस्ता कुरा पोष्ट नगर्नुस्

    क्लिक द बटम एक्स्पोलोर द वल्डको जमाना हो अहिले । कम्पुटर र फेसबुक अव हाम्रो जिन्दगीको महत्वपूर्ण हिस्सा जस्तै बन्दै गएको छ ।  एक अर्कासँग सम्पर्कका लागि फेसबुक नै प्रमुख माध्यम बनेको छ । यसको माध्यमबाट हामीले जीवनमा जोडिएका कैयौं चिज आफन्त र साथीभाइसँग जोड्न सकिन्छ ।


    हामीलाई लाग्छ यस्ता अपडेट हामीले आफ्ना साथीभाइसँग शेयर गरिरहेका छौं । तर यसका साथमा हामी यो तथ्यबाट भने विल्कुल अन्जान छौं कि हाम्रो पोष्टहरु कस कसले पढिरहेका छन् ।

    हामीले यहाँ फेसबुकमा शेयर गर्न नहुने यी ५ कुरालाई याद राख्नुहोस् ।

    आफ्नो परिवारको पुरा जन्म मिति


    पछिल्लो समयमा फेसबुकबाट जन्मदिनको शुभकामना दिने चलन आम भैसकेको छ । सबैले फेसबुकमा नै यस्तो जानकारी शेयर गर्छन् । तर यसो गर्दा हामीले हाम्रा गोप्य जानकारी जान अनजान मानिससँग पनि शेयर गरिरहेका हुन्छन् ।  साइवर क्राइमवालाहरुले यस्ता जानकारीबाट अनेक फाइदा लिन्छन् ।

    सम्बन्धका बारेमा
    फेसबुकमा रिलेशन स्टेटस् लेख्ने भूल कहिल्यै पनि नगर्नुस् । यसबाट तपाइँमाथि निगरानी गरिरहेका खराब मनस्थितिका मानिसलाई फाइदा पुग्छ । अनि अर्को कुरा सम्बन्धहरु कहिले सम्म टिक्छन् र कहिले धरापमा पर्छन् कहिल्यै पनि थाहा हुँदैन ।

    तपाइँ भएको स्थान
    फेसबुका लोकेसन अन नगर्नुस् । करेन्ट लोकेसन अन गर्दा यसले समस्यामा पार्न पनि सक्छ । तपाइँ कहाँ जानु भो के गर्नु भो भन्ने खोज्नेका लागि यो सहज माध्यम हो । त्यतिमात्र होइन तपाइँको घर वा कोठामा चोर्न चाहनेले त सबैभन्दा सजिलै तपाइँ विदा मनाउन गएको वा अन्यत्र बस्न गएको चाल पाउँछन् ।

    एक्लो भएको कुरा

    फेसबुकमा म एक्लै छु वा फिलिङ लोन्ली एट होम टाइपका स्टेटस नराख्नुस् । यसो गर्दा तपाइँका आफन्त र शुभचिन्तक मात्र होइन खराव मनसाय भएका मान्छेले पनि यो जानकारी पाउँछन् । सके सम्म आफ्नो फेसबुक प्रोफाइलमा प्राइभेसी सेटिङ गर्न एक दम जरुरी छ ।

    आफ्ना बच्चाको तस्विर नाम सहित ...

    फेसबुकमा मानिसहरु आफ्ना र साना सान बच्चा बच्चाकी समेत नाम सहित तस्विर ट्याग गर्छन् । तर यो बानी नराम्रो बानी हो । यस्तो गर्नु हुँदैन । सके सम्म अभिभावकले आफ्ना बच्चाको तस्विर अन्य ब्यक्तिको नाममा ट्याग गर्ने बानी छ भने आजैबाट छोड्नुहोस् । सामाजीक जनचेतनाका लागि


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र