• Breaking News

    9.04.2015

    आन्दोलनकारीबाट सर्वसाधारण मारिएको विरोधमा कोहलपुरमा प्रदर्शन

    शनिबार, भाद्र १९,
    मधेस केन्द्रित दलका आन्दोलनकारीको ढुंगा प्रहारबाट बाँकेमा एक जनाको मृत्यु र एक जना घाइते भएको घटनाको विरोधमा आज कोहलपुरमा प्रदर्शन भएको छ । मोटरसाइकल, गाडी र पैदल गरी ठूलो संख्यामा मानिसहरु विरोध प्रदर्शनमा सहभागी भएका छन् ।

    प्रदर्शनको नेतृत्व कुनै दल/समूहले नगरे पनि आन्दोलनका नाममा आपराधिक घटना भएको भन्दै सर्वसाधारणहरु स्वस्र्फुतरुपमा विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघका नेता भूमबहादुर भण्डारीले जानकारी दिए । प्रदर्शनकारीहरु घटनास्थल पिप्रहवातर्फ जाने प्रयास गरे पनि प्रहरीले उनीहरुलाई पिपिरी नजिकै रोकेको छ ।
    हिंजो मोटरसाइकलमा नेपालगन्जबाट कोहलपुर जाँदै गरेकामाथि मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्दा करण सिंहको मृत्यु भएको थियो भने विनोद शाही घाइते भएका थिए । विरोध प्रदर्शनमा उत्रिएकाहरुले बन्द/हड्तालमा मोटरसाइकल चल्न दिने भन्ने अनि सवारी चलाउँदा आक्रमण गर्ने आन्दोलनकारीको काम गैरजिम्मेवार भएको भन्दै आक्रोश पोखेका छन् ।


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र