सोमबार, भाद्र २१,
एकीकृत नेकपा माओवादीका नेता एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा निकै सक्रिय छन । उनी सामाजिक सञ्जालमा जति सक्रिय छन, त्यो भन्दा सक्रिय बनेको छ उनले तास खेलेको तस्विर । जनयुद्धको बेला तास खेल्नेलाई भाँटे कारवाही गरेका माओवादी नेता भट्टराई आफै तास खेलेको तस्विर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती बनेको छ ।
यो तस्विर कहाँबाट र कसरी आयो भन्ने कुनै उल्लेख नभए पनि बाबुराम भट्टराई कम्युटरमा तास खेल्दै गरेको र छेउमा बसेका उनका स्वकीय सचिव पाण्डेले उत्साहपूर्वक हेरिरहेको स्पष्ट देखिन्छ । यसलाई लिएर उनको निकै आलोचना भएको छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment