• Breaking News

    9.03.2015

    १४ वर्षीय बालकले गरे यस्तो ‘सुसाइड नोट’ लेखेर आत्महत्या !

    एजेन्सी । पछिल्ला समयमा आत्महत्याका घटनाहरु बढिरहेका छन् ।
    आत्महत्या गर्ने विभिन्न कारणहरु मध्ये आफ्नै परिवारको कारण पनि धेरैले आत्महत्या गर्ने गरेका उदाहरणहरु पाइन्छन् ।
    भारतको नयाँ दिल्लीमा यस्तै घटना घटेको छ, त्यो पनि परिवारकै कारण । तर उनले आत्महत्या अघि लेखेको सुसाइड नोट भने अहिले चर्चामा रहेको छ ।
    दिल्लीको वेलकम इलाकामा १४ वर्षीय स्वर्णिम नामका बालकले सामाजिक सञ्जाल व्हाट्स एपमा सुसाईड नोट लेखेर आत्महत्या गरेका हुन् । उनको आत्महत्याको कारण भने बाबु–आमाको सम्बन्ध बिच्छेद हो ।
    सोही कारण समस्यामा परेका उनले २ दिन अघि आत्महत्या गरेका हुन् । उनले ज्यान त्याग्नु पहिले उनले व्हाट्स एपमार्फत स्टाटस लेखेका छन्, ‘म यो संसारमा बाँच्न चाहन्न जहाँ मान्छेको भन्दा धेरै पैसाको मूल्य छ ।’
    उनका बाबुआमाको सम्बन्ध बिच्छेद भइसकेको छ । उनकी आमा दुबईमा बस्छिन् भने बाबु दिल्लीकै अर्को घरमा बस्छन् । उनी आफ्नी सानिमाको घरमा रहँदै आएका थिए ।
    सानिमा–सानोबाबुकोमा बस्ने उनी निकै रमाइला बालक थिए । १ सेप्टेम्बरमा उनको जन्म दिन थियो । तर उनको मुहारमा हाँसो देखिएपनि मनमा भने गहिरो दुःख लुकेको थियो । सोही कारण उनले सुसाईड नोट लेखेर आत्महत्या गरेका हुन् ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र