• Breaking News

    9.03.2015

    टीकापुरमा मारिएका प्रहरीका परिवारलाई १० लाख राहत दिइने

    बिहीबार, १७ भदौ
    काठमाडौं । कैलालीको टीकापुरमा गत भदौ ७ गते थारुहटका कार्यकर्ताद्वारा क्रुर र अमानवीय ढंगले हत्या गरिएका प्रहरीका परिवारलाई नेपाल प्रहरीले १० लाख राहत रकम प्रदान गर्ने भएको छ ।
    बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रहरी प्रवक्ता कमल सिंह बमले कर्तव्यपरायण्ताको सिलसिलामा ज्यान गुमाएका कर्मठ प्रहरीको योगदानको उच्च कदर गर्दै प्रहरी कल्याण कोषबाट उक्त रकम प्रदान गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।
    यस्तै घटनामा परी निधन भएका प्रहरीका सन्ततीलाई उच्च शिक्षासम्म अध्ययन गर्नका लागि शैक्षिक छात्रवृत्ति उपलब्ध गराउने, घाइते भएकाको निःशुल्क उपचार गर्ने तथा परिवारको आर्थिक सबलीकरणका लागि रोजगार र आयआर्जनमा सहयोगी कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ ।
    भदौ ७ गते कैलालीको टीकापुरमा थारु प्रदर्शनकारीहरुले सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपाने, इन्सपेक्टरहरु बलराम बिष्ट र केशव बोहोरा, हवल्दारहरु श्याम बहादुर खड्का र जनकबहादुर नेगी तथा प्रहरी जवान लोकेन्द्र बहादुर चन्दको निर्ममता पूर्वक हत्या गरेका थिए ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र