रमेश भण्डारी २ असोज, सोल ।
दक्षिण कोरियामा बैदेशीक रोजगारीमा आएका एक नेपाली युवाले मर्मस्पर्शी चिठि लेख्दै झुण्डिएर आत्महत्या गरेका छन् ।
तीन महिनाअघि मात्र ईपिएस परिक्षामा उतिर्ण गरेर प्रशिक्षार्थी कामदारको लागि आएका गोरखा बोरलांग–७ का २५ वर्षीय प्रदीप भट्टले शुक्रबार बाथरुममा झुन्डिएर आत्महत्या गरेका हुन् ।
तीन महिनाअघि कोरिया आएका भट्ट खजेदोस्थित पानीजहाज बनाउने डीएसएमइ कम्पनीमा कार्यरत थिए ।
कोरियामै रहेका आफ्नै दाजुलाई सम्बोधन गरी ‘सुसाइड नोट’ लेखेका उनले दाजुले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आफुले सहयोग गर्न नसकेमा दुःख व्यक्त गरेका छन् ।
उनले झुन्डिनुअघि लेखेको सुसाइड नोटमा नेपालमा संविधानप्रति पनि शुभेक्षा व्यक्त समेत गरेको पाइएको छ । विशेष रोग र समस्या नदेखिएपनि उनका सहकर्मीहरुका अनुसार पित्तथैलीमा समस्या भएपछि भट्टले केहीदिनअघि १५ दिन आराम गरेका थिए ।
मृतक भट्टको परिवारमा बुबाआम, दुइ दाजु र एक बहिनी रहेको पाइएको छ । भट्टका एक दाजु पनि कोरियामै रोजगारीको क्रममा रहेका छन् ।
भट्ट कोरियामा आउन नपउाँदै आफु आएको कम्पनी बन्द भएपछि अर्को कम्पनीमा स्थानान्तरण भएका थिए । त्यसपछि उनि केही चिन्तित रहेपनि साथिहरुसँग भने सँधै खुलेर कुरा गर्ने गरेको सहकर्मीहरुले बताएका छन् ।
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment