संयोजक चौधरीले विज्ञप्ति जारी गरेर भन्नुभएको छ, ‘यही भदौ ७ गते कैलालीको टीकापुर क्षेत्रमा घटेको हिंसात्मक घटना र त्यसमा सुरक्षाकर्मी तथा एक बालकको हत्या गर्ने कार्य निन्दनीय छ ।’
उहाँले टीकापुर घटना घट्नुभन्दा एक दिन अगाडि कैलालीको धनगढीमा थारु समुदाय र विभिन्न राजनीतिक दलहरूको तर्फबाट आफ्ना भनाइ शानितपूर्ण रुपमा राख्ने तथा सामाजिक सद्भाव बनाइ रहने सहमति भएको स्मरण गर्नुभएको छ ।
‘त्यो सहमतिमा मेरो पूर्ण मञ्जुरी थियो र अहिले पनि कैलाली जिल्लामा शान्ति कायम गर्नुपर्छ र थारु समुदाय र अरु समुदायका बीचमा सौहार्दपूर्ण एकता हुनुपर्छ भन्ने मेरो स्पष्ट विचार छ’, विज्ञप्तिमा संयोजक चौधरीले भन्नुभएको छ, ‘थारु समुदायको अधिकार र प्रतिष्ठाको लागि आवाज उठाउन उचित र आवश्यक थए पनि आन्दोलनको नाममा हिंसा मच्चाउने, साम्प्रदायिक दंगा फैलाउने र घुसपैठ गरी थारु समुदायलाई बद्नाम गराउन कार्यको म विरोध गर्दछु ।’
केही व्यक्तिहरूले सामाजिक सद्भाव विथोलिने गरी उत्तेजना फैलाउने र हाम्रो राष्ट्रियतालाई कमजोर पार्न गरिरहेको षड्यन्त्रबाट सजक रहन, हिंसात्मक गतिविधिमा नलाग्न र संयमित हुन थारु समुदायका समपूर्ण दिदीबहिनी र दाजुभाईहरूमा संयोजक चौधरीले अपील गर्नुभएको छ ।
उहाँले आफ्नो चरित्र हत्या गर्ने किसिमका विभिन्न सामाजिक सञ्जाल, मिडियामा आएका समाचार भ्रामक र कपोकल्पीत रहेको भन्दै त्यसप्रति दुःख व्यक्ति गर्नुभएको छ ।
चौधरीले भदौ ७ गते र त्यपछि भएका घटनाहरूको छानविन गरी सत्यतथ्य पत्ता लगाउन, पीडितहरूलाई उचित राहत दिन, थारुलगायत सबैमा सुरक्षाको अनुभूति गराउन सरकारी निकायबाट तुरुन्त काम गर्न माग गर्नुभएको छ ।
उहाँले वार्ताको माध्यमद्वारा समस्याको समाधान गरी जनजीवन सामान्य बनाउन सम्बन्धित निकायलाई ध्यान जानुपर्ने बताउनुभएको छ । ‘यस कार्यमा मेरोतर्फबाट गर्नुपर्ने योगदानका लागि तयार रहेको कुरा सार्वजनिक रुपमा जानकारी गराउन चाहन्छु ।’
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment