• Breaking News

    9.19.2015

    विगतमा बुझाएको हतियार खोज्ने बेला आयोः विप्लव

    शनिबार, आश्विन २,
    नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले अन्तिम लडाईँ लडेर जनवादी राज्यसत्ता ल्याउने बताएका छन । शनिवार राजधानीमा भएको दलित मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनमा उनले भने– अहिले पनि सत्तामा वार्गेनिङ गरे मन्त्री पाउँछौँ । अरवौ पैसा पनि पाउँछौँ’ उनले भने ‘तर हामी त्यतातिर लाग्दैनौँ । अब वारपारको अन्तिम लडाईँ हुन्छ ।’

    नयाँ राज्य बनाउने सहमति भएपनि एक थान संविधान बाहेक अन्य केही नभएको उनले जिकिर गरे । उनले भने ‘काँग्रेसले २०६५ सालबाट नै गडबड गर्न थालेको थियो । अहिलेसम्म आइपुग्दा संसदवादी दलहरुले सहमति उल्टाइसके । हामीले त्यस्तो सहमति मान्नै पर्छ भन्ने छैन ।’

    संसदवादी दलहरु माओवादीलाई धेराबन्दीमा पारेर सिध्याउने अभियानमा लागेको उनको आरोप छ । उनले माओवादीको मूल प्रवाह आफूहरु नै भएको दावी पनि गरे । ‘केहि व्यक्ति यताउता भएपनि माओवादी आन्दोलन पुनर्गठन भएको छ । यसले जनवादी सत्ता ल्याउने छ । हामी संसदीय व्यवस्था टिक्न दिँदैनौँ ।’

    उनले माओवादीले बुझाएको हतियार खोज्नुपर्ने बेला आएको समेत बताए । ‘जनमुक्ति सेनाको निर्माण गर्नुपर्ने अवस्था आएको छ’ उनले भने ‘त्यतिबेला विगतमा बुझाइएको हतियार खोज्नेछौँ ।’ उनले केही समयभित्रै सवै माओवादीहरुको एउटै पाटी हुने समेत दावी गरे ।

    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र