काभ्रे, २ असोज– एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधानसभाले जारी गरेको संविधानप्रति आफू आशिंक रुपमा मा खुशी रहेको बताएका छन् ।
शनिबार काभ्रेको पाँचखाल नागरपालिका–१६ स्थित धुर्मुस सुन्तली एकीकृत बस्ती अवलोकनका क्रममा नेता भट्टराईले अहिले पनि संविधानसभामा प्रतिनिधित्व गर्ने तराई धेरै दल बाहिर रहेकाले संविधान जारी हुँदा खुशीयाली बनाउने अवस्था नभएको बताए ।
‘संविधान जारी भएकोमा म आंशिक रुपमा मात्र खुशी छु,’ नेता भट्टराईले भने, ‘आन्दोलनरत मधेस केन्द्रित दलहरु संविधानसभा बाहिर भएकाले कसरी खुशी हुन सकिन्छ ।’
उनले अहिले पनि तराइ मधेस, मगरलागयतका समस्याको समाधान नभएकले नयाँ संविधान जारी भएलगत्तै खुशीयाली हुने अवस्था नभएको स्पष्ट पारे ।
नेता भट्टराईले सरकारले दुई दिन दिपावली गर्न विदा भएको प्रति लक्षित गर्दै खुशियाली मनाउने तथा मादल बजाउने बेला भएको बताए ।
भट्टराईले संविधान जारी गर्न मुख्य भूमिका आफूले खेलेको भन्दै पछिल्लो समयमा आफूलाई खुइल्याउने काम भएको गुनासो गरे ।
‘संवाद समितिको सभापतिको हैसियतले मैले संधिवान जारी गर्न कति भूमिका निर्वाह गरे भन्ने कुरा सबैले थाहा पाएको विषय हो,’ भट्टराईले भने,’ ‘तर संविधान पारित भइसकेपछि बाबुरामले संविधान ल्याउने चाहेको थिएन भन्ने कुरा पनि सुनियो ।’
भिडियोको लागि तल क्लिक गर्नुहोस् ।
No comments:
Post a Comment