• Breaking News

    9.20.2015

    देशले नयाँ संविधान पाएपछि अध्यक्ष दाहालले यस्तो भने

    काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तले संविधान दिने युगको अन्त्य भएको बताएका छन् ।
    संविधानसभाबाट आइतबार संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जनताका प्रतिनिधि तथा जनताले संविधान बनाउने युगको सुरुवात भएको बताए ।
    उनले असन्तुष्ट पक्षका दललाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘केही असन्तुष्ट दलका मागलाई सम्बोधन गरिन्छ ।’
    वार्ता र संवादको माध्यमबाट आन्दोलनरत दलका मागहरु सम्बोधन गर्ने अध्यक्ष प्रचण्डको दाबी छ । उनले भने, ‘आन्दोलनरत दलले स्थिरता चाहनुपर्यो, संविधान चाहनुपर्यो र नेपालको समृद्धि चाहनुपर्यो उहाँहरुको माग सम्बोधन गर्न कठिन छैन ।’
    अध्यक्ष  प्रचण्डले व्यापक जनताको सहभागी भएको जनताको संविधान कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र