• Breaking News

    9.14.2015

    मध्यरातमा भारतीय विदेश मन्त्रालयको नेपाललाई स्वागत र चेतावनी

    काठमाडौं, २९ भदौ । संविधानसभाले संघीयता, धर्म निरपेक्षता जस्ता सर्वाधिक विवादित बिषयलाई टुडगो लगाएकै भारतीय विदेश मन्त्रालयले सवैले स्वीकार गर्ने संविधान जारी नभए नेपालमा अशान्ति हुने चेतावनी दिएको छ ।

    सोमबार मध्यरातमा भारतीय विदेश मन्त्रालयले बिज्ञप्ती जारी गर्दै संविधान सभाबाट बन्ने संविधान सवैले स्वीकार र अपनत्व लिने प्रकारको हुनु पर्ने धारणा राखेको छ । देशका ठुला दल र राज्यले असन्तुष्ट थारु, मधेशी दलहरुको माग सम्बोधन गर्न लचकता अपनाउनु पर्ने बताएको छ ।

    नेपालको संविधान निर्माण प्रक्रियामा आफ्नो धारणा सार्वजनिक गर्दै भारत सरकारले आन्दोलनमा रहेका दलहरुसँग वार्ता र संवादपछि मात्र संविधान जारी गर्न आग्रह गरेको छ ।

    भारतीय बिदेश मन्त्रालयले संविधान निर्माणको कामलाई एकातिर स्वागत गरेको छ भने अर्कोतिर चेतावनी दिएको छ । संविधान जारी भएपछि सवैले खुसीयाली मनाउने बातावरण बनाउन नेपाल सरकारलाई आग्रह गरेको छ । हिंसा र बन्दुकको बलमा संविधान जारी भए दिर्घायू नहुँने चेतावनी पनि बिज्ञप्ती मार्फत दिएको छ ।




    भिडियो हेर्न तल क्लिक गर्नु होस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र