• Breaking News

    9.02.2015

    हिन्दू यूवा आमरण अनसन जारी,हिन्दू राष्ट्र नभई अनसन नटोडिने

    काठमाडौं, भाद्र १७ ।
    हिन्दूराष्ट्र कायम गर्नको लागि हिन्दू युवाहरूले आमरण अनसन बसेको बुधवार तेस्रो दिन भएको छ । युवा उठौं, जागौ, नेपालको पहिचान, नेपालको स्वाभिमानको रक्षा गरौं, सनातन हिन्दु राष्ट्र कायम गरौं, भन्ने नाराको साथ राष्ट्रिय हिन्दू यूवा मञ्चका युवाहरू अब बन्ने संविधानमा नेपाललाई सनातन हिन्दु राष्ट्रको रूपमा सम्बोधन गर्नुपर्ने माग राख्दै अनसन बसेका छन् । काठमाडौंको खुलामञ्चमा सञ्चालन भएको सो अनसनको तेस्रो दिन विभिन्न क्षेत्रका व्यक्तित्त्वहरू आएर अनसनप्रति समर्थन, एक्येबद्धता, प्रतिबद्धता जनाएको अनसनको सचिवालय सदस्य उमाकान्त सुवेदीले सञ्चारक्षेत्रलाई जानकारी गराएका छन् । 41
    हिन्दूराष्ट्र कायम गर्ने मागको साथमा गौ हत्या बन्द गर्नुपर्ने र धर्म परिवर्तन कानूनतः बन्द हुनुपर्ने लगायतका सात बुदे माग अनसनका आयोजकले राखेका छन् । हिन्दू राष्ट्र घोषणा नभएसम्म अनसन नतोडिने अनसनमा सहभागि चारै जना अनसनकारीले सङ्कल्पित धारणा व्यक्त गरेका छन् ।
    गोव्रती योगी सोमराज, स्वामी हरिहर, नेपाली काँग्रेसका नेता लक्ष्मण घिमिरे, लोकेस ढकाल, राप्रपा नेपालका सभासद सीता ज्ञवाली लुइटेल, साहयक महामन्त्री तारानाथ लुइटेल, उपाध्यक्ष टंक प्रसाद ढकाल र विश्व हिन्दु महासंघका सभापति निलप्रसाद भण्डारीलगायतका व्यक्तित्त्वहरूले सम्बोधन तथा एकबद्धता जनाउनु भएको छ । 33
    तेस्रो दिनसम्म सरकार तथा सम्बन्धित निकायबाट हुनुपर्ने सुनुवाई नभएको गुनासो गर्दै अनसनको संयोजन संस्था राष्ट्रिय धर्मजागरण अभियान नेपालका सह–संयोजकसमेत रहेका संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदीले आमरण अनसन जस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित निकाय लाचारी बन्छ भने आन्दोलनको आँधी देशव्यापि रूपमा थामी नसक्नु भएर उठ्ने बताउँछन् ।
    विभिन्न तवरबाट हिन्दूराष्ट्रको पक्षमा आवाजहरू उठिनै रहेको सन्दर्भमा राजधानीको मुटू खुलामञ्चबाटै हिन्दू युवाहरूले आमरण अनसन शुरु गर्नुलाई सामान्य लिन नहुने, यसको माग अविलम्ब सुनुवाई नभएमा हिन्दू राष्ट्रको मागको आन्दोलन झन चर्कने, अन्य विभिन्न मागका आन्दोलनको चपेटामा परेको सरकार तथा सम्बन्धित पक्षलाई झन चर्कनसक्ने हिन्दूहरूको आन्दोलन थप चुनौति पूर्ण हुनसक्ने विश्लेषकहरू बताउँछन् ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र