बिहीवार, 17 भदौ,
दक्षिण कोरियामा मिनिसस्कट लगाएकी युवतीको फोटो खिच्दा नेपाल फिर्ता
काठमाडाैं-इपीएसमार्फत दक्षिण कोरिया आई अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि केही नेपालीलाई अध्यागमन विभागले फर्काइदिएको छ । गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन् ।
सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात,हुन्डी कारोबार अवैध बसोबास गर्नेहरुलाई फर्काइएको हो ।
सहकर्मीलाई छुरा हानी घाइते बनाएको एक नेपालीलाई उपचार खर्चवापत करिव १ करोड वन तिराई नेपाल पठाइएको छ ।
सिन्धुलीका एक युवक महिलामाथि यौन दुब्र्यवहार गरेको आरोपमा नेपाल फर्किएका छन् ।
खाने खाने समयमा ती युवकले कोरियन महिलाको संवेदनशिल अंग छोएको आरोप छ । त्यस्तै १६महिनाअघि आएका नवलपरासीका अर्का नेपाली कोरियन युवतीको फोटो खिच्दा नेपाल फिर्ता हुनुपरेको छ । उनले व्यस्त बजारमा मिनिस्कर्ट लगाएकी युवतीको फोटो खिचेका थिए । कारोबार दैनिकमा समाचार छ ।
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment