• Breaking News

    9.09.2015

    नयाँ डनको ‘राज’

    काठमाडौं, २४ भदौ । उपत्यकालाई अपराधमुक्त बनाएर शान्ति सुरक्षा कायम राख्न महानगरिय प्रहरी अपराध महाशाखा लागि परेको छ । गुण्डागर्दी शुन्यमा झार्ने अभियानमा महाशाखा जुटेको छ ।
    सो अभियान अन्तर्गत गत बर्ष राजधानीका डन दिनेश अधिकारी ‘चरी’ र दुई साता अघि कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी मुठभेडमा मारिए ।
    अन्य डन सुरक्षित स्थलको खोजीमा छन् भने कोही बिदेश पलायन भइसकेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
    तर, व्यापारीको भेषमा ललितपूरमा भित्रभित्रै संगठित रुपमा गुण्डागर्दी गर्दै आएका बिरेन्द्र महर्जन नामका व्यक्ति अहिले प्रहरीकै नाम भजाएर क्यासिनोमा समेत गुण्डागर्दी गर्न थालेका छन् ।
    पूर्व राजाका ज्वाँइ राजबहादुर सिंहको आडमा महर्जनले मिटर व्याज र गुण्डागर्दीको संगठन चलाउन थालेको पोल विस्तारै खुल्दै छ ।
    स्रोतका अनुसार राजबहादुरलाई केटी दलाली गरेको अभियोगमा पटक–पटक पूर्व युबराज पारश शाहले महर्जनलाई गाली गर्दै रामधुलाई समेत गरेका थिए । तर, पारश विदेशमा रमाउन थालेपछि महर्जन पुन: राजबहादुरसँग नजिकिएका थिए ।
    दुई बर्ष अगाडि ललितपुर प्रहरीले महर्जनलाई दुईवटा पेस्तोल सहित पक्राउ गरेको थियो । तर ३० लाख खर्च गरेर महर्जन ६ महिनामा जेलमुक्त भएका थिए ।
    महर्जनले पछिल्लो समय राजबहादुरले सञ्चालन गरेको रोयल क्यासिनोमा गुण्डागर्दी गर्न थालेपछि प्रहरीले उनलाई निगरानीमा राखेको छ । क्यासिनो बिक्री गर्ने भन्दै राजबहादुरले आधा दर्जन व्यपारीसँग करोडौं रुपैंया ठगी गरिसकेका छन् ।
    पछिल्लो पटक ठगिएका भारतीय व्यापारी आशिष पटेललाई राजबहादुरको नाममा महर्जनले धम्क्याउन थालेपछि क्यासिनोको झगडामा प्रहरीले भित्रभित्रै अनुसन्धान थालेको बताइएको छ ।
    पटेललाई तत्काल नेपाल छाड्न भन्दै महर्जनको समूहले दबाब दिंदै आएको छ । क्यासिनो बेच्न पटेलसँग ८ करोड असुलेका राजबहादुरले सोहि क्यासिनो सुरेन्द्र सिंहलाई पनि बेच्न खोजेका छन् ।
    तर, होटल मालिक राधेश्याम शर्राफले ३२ करोड भाडा नतिरेको भन्दै रोयल क्यासिनोसँग सम्झौता भंग गरिसकेका छन् ।
    ठूलो आर्थिक चलखेल गरि राजबहादुरको समूहले होटल मालिक शर्राफलाई पुन: रोयल सञ्चालन गर्न महर्जनमार्फत दबाब दिन थालेका छन् ।
    महर्जनले प्रहरीका उच्च अधिकारीहरुसँग आफ्नो राम्रो सम्बन्ध रहको धाक देखाउँदै बन्द भएको क्यासिनोमा गुण्डागर्दी गरेपछि प्रहरीले उनका क्रियाकलापमाथि निगरानी बढाएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र