भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र निधी र शिक्षा मन्त्री चित्रलेखा यादवलाई हातमा लिई गौचन, गुप्ता र अधिकारीले विकास निर्माणका ठेक्काका कामहरुमा एकछत्र राज गर्दै आएका छन् । जसमा घैंटेलाई फिल्डमा उतारेर साना तिना समूहलाई मिलाउने गरिएको थियो । घैंटेद्धारा आयोजित कार्यक्रममा शिक्षामन्त्री यादव उपस्थित हुनुले पनि उनीहरुबीचको सम्बन्ध कहाँसम्म रहेछ भन्ने पुष्टि हुन्छ ।
स्रोतका अनुसार १० करोड रकम गौचनको समूहले निर्माण व्यवसायीको कार्यालयमै बाँडेपछि पैसा नपाएका असन्तुष्ट कर्मचारीहरुले यो रहस्य बाहिर ल्याएका थिए । जुन कुरा अहिले महानगरिय प्रहरी अपराध महाशाखाले छानविन गरिरहेको छ । जनकपुरमा सामान्य पेटी ठेक्का गर्ने गुप्ताले नै घैंटेलाई मन्त्री यादवसँग भेटाएको समेत खुलेको छ ।
गुप्ताको कनेन्सन कहाँसम्म ?
‘जनकपुरदेखी भैरहवासम्मको ठेक्का मिलाउँछु । म शिक्षामन्त्री चित्रलेखा यादबकोे भाइ हुँ । नेपाली काग्रेसका नेता तथा भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधीको दाहिने हात हुँ । काठमाडौंका डन कुमार श्रेष्ठ मेरो पार्टनर हो । मैले काम लिनको लागि मन्त्री निधीलाई दश करोड ‘टोकन मनी’ दिइसकेको छु ।’ भन्दै सञ्जय गुप्ताले केही महिनाअघि सर्वसाधरण र व्यापारीलाई जनकपुरमा तर्साएका थिए । उनले टोले ठेकेदारहरुलाई तिमीहरु पनि काम लिने हो भने २५ लाखको दरले पैसा जम्मा गर, असार मसान्त सकिनासाथ टेण्डर खुल्छ भन्दै असुलेका थिए ।
जनकपुरका आपराधिक समूहका नाइके तथा नेता सञ्जय टक्ला जेल गए तर अर्का सञ्जय गुप्ताको भने यतिखेर राज चलेको छ । उनले मन्त्री निधी र यादबको नाम भजाएर ठेकदारलाई समेत बेवकुफ बनाइ करोडौं रुपैयाँ असुलेको चर्चाले जनकपुरमा हंगामा मच्चिएको थियो । स्रोतका अनुसार गुप्ता सिंचाई मन्त्रालय र भौंतिक योेजना तथा निर्माण मन्त्रालयका कर्मचारीलाई सरुवा तथा बढुवा गर्ने नाममा पनि पैसा उठाउँछन् ।
गुप्ताले भैरहवादेखी बिराटनगरसम्मकोे ठेक्काको काम सेटिङ गर्छु भन्दै एक दर्जन ठेकेदारसँग २५ लाखको दरले पैसा उठाएका थिए ।
गुप्ताले मन्त्री निधीलाई सेटिङ मिलाउन आफूले दश करोड दिएको भन्दै उनले उक्त रुपैयाँ उठाउन थालेको हल्ला निर्माण व्यवसायी महासंघमा चलेको थियो । गुप्ताले आफ्नो सम्बन्ध डन घैंटेसँग भएको दाबी गर्दै अन्य ठेकदारलाई तर्साउने गरेको भन्दै प्रहरीमा उजुरी समेत परेको थियो । गुप्ताले डन घैंटेसँग मिलेर कालिमाटी, छाउनी र किर्तीपुरको सडक बनाउने काम गरेको दाबी गर्दै घैंटेसँग राम्रो सम्बन्ध भएको पुष्टि गर्न खोजेका थिए । - यूनाइटेड पोष्ट साप्ताहिक
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment