• Breaking News

    9.03.2015

    लभ पर्दा विष र कुटाई दुवै खाएँ

    रेश्मा सुनुवार (गायिका)
    मृत्युलाई सहजै स्वीकार्न त साधुसन्तले मात्रै सक्नुहोला । अनेक लालसा भएका हामीजस्ता सामान्य मान्छेलाई मृत्युदेखि डर लागिरहन्छ । तर मृत्यु निश्चित छ । कहिले भन्ने त कसलाई थाहा होला र ? जे होस्, म अरुलाई दुख नदिई मर्न पाउँ भन्ने चाहान्छु ।
    म नौ कक्षामा पढ्थे । लभ परेको थियो । घरमा बुवा आमाले थाहा पाउनु भएछ । नराम्रोसँग पिट्नु भयो । मलाई मर्न मन लाग्यो । नजिकैको किराना पसलबाट मुसा मार्ने बिष किनेर ल्याएँ । आठ रुपैयाँको चार चक्की । कसैले नदेख्ने गरी छतमा गएँ । पानीमा घोलेर खाएँ । त्यसपछि तल आएर घुप्लुप्क सुतेँ । केही बेरमै भोमिट भयो । साहेद भोमिटसँगै बिष पनि बाहिरियो । म मरिनँ । मर्छु भन्दा पनि कालले लगेन । नयाँपत्रिकाबाट

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र