• Breaking News

    9.03.2015

    सिरहाको मिर्चैयामा एक हजार बढी सुरक्षाकर्मी परिचालन, मधेशी मोर्चाले विरोध कार्यक्रम गर्दै

    काठमाडौं, १८ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सिरहाको मिर्चैयामा आज विरोध सभा गर्दैछ । विरोध सभाका लागि मध्यान्हपछि कार्यकर्ता बजारमा उतारिनेछ ।
    संविधानको विधेयक र संघीय राज्यको सिमाङ्कनमाथि असन्तुष्ट मधेशी मोर्चाले दुई सातादेखि मधेश र तराईका जिल्लाहरूमा बन्द आह्वान गर्दै आएका छन् ।
    उनीहरूले आन्दोलनकै क्रममा आज सिरहाको मिर्चैया बजारमा विरोध सभाको कार्यक्रम राखेका छन् । विरोध सभालाई मधेशी मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
    मिर्चैयामा सुरक्षाका लागि खट्टिनु भएका नायब उपरीक्षक माधव बुढाथेकीका अनुसार सिरहाको जनजीवन बाहिर प्रचार प्रसार गरिए जस्तो नभएको बताउनुभयो ।
    बुढाथोकीले मधेशी मोर्चाले मिर्चैयामा आज प्रदर्शन गर्ने भनिए प्रदर्शनमा हालसम्म कुनै त्यस्तो अप्रिय घटना हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
    विरोध कार्यक्रमलाई सम्बोधन गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव सिरहा पुग्दै हुनुहुन्छ ।
    मधेशी मोर्चाले मध्यान्हपछि मिर्चैयामा विरोध सभा गर्न लागेका हुन् । मोर्चाले उल्लेख्य कार्यकर्ता ओराल्ने जनाएको छ ।
    मधेशी मोर्चाको आन्दोलन र प्रदर्शनलाई ध्यानमा राखेर स्थानीय प्रशासनले पनि उच्च सर्तकर्ता अपनाएको छ ।
    मधेशी मोर्चाको प्रदर्शन हिंसात्मक हुन सक्ने भन्दै स्थानीय प्रशासनले मिर्चैया क्षेत्रमा झण्डै एक हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।
    नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उच्च सर्तकताका साथ मिर्चैयामा खट्टइएको सुरक्षा स्रोतको भनाइ छ ।
    कैलालीको टीकापुर, वीरगञ्ज, बारालगायतका स्थानमा भएका प्रदर्शनलाई ध्यानमा राखेर मिर्चैयामा हिंसात्मक प्रदर्शन भडकिन नदिने स्थानीय प्रशासनले सर्तकाता अपनाएको हो ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र