• Breaking News

    9.01.2015

    रेखा थापा पनि भर्जिन नै छिन रे, के फरक पर्छ र ?

    – राजेश पायल राई, गायक
    कुकुरले बिजुलीको खम्बा देख्नेबित्तिकै खुट्टा उठाउने कारण के होला ?
    बिजुलीको खम्बासँग कुकुरको पुरानो दुस्मनी छ रे, त्यही भएर लु खा त भन्या रे ।
    एउटी ल्याउँदा अर्की फ्रीको स्किम आयो भने के गर्नुहुन्छ ?
    त्यो त काइदा नै हुने भो, अहिलेसम्म विवाह नगरेको भगवान्ले पनि हेर्दा रहेछन् भनेर सहर्ष स्वीकार्थे ।
    यो दुनियाकै राम्री युवतीसँग डेटिङमा जान पाउनुभयो भने के गर्नुहुन्छ ?
    म त अहिलेसम्म डेटिङ गएकै छैन, पाएको खन्डमा समय मिलाएर त्यो अनुभव पनि बटुल्थें ।
    व्यस्त बजारमा कपडा फुस्कियो भने के गर्नुहुन्छ ?
    त्यसलाई नियति भन्नुपर्ला, कथाले मागेको त भन्न मिलेन भन्दै फुस्किएको कपडा लगाउनुपर्ला ।
    पुरुषले पनि मेकअप गर्न पाए के गर्लान ?
    ए थाहा छैन, पुरुषले पनि मेकअप गर्छन् नि, केशमा कालो लगाउँछन्, क्रिम लगाउँछन् नि हौ ।
    पिसाबबाट सवारी साधन चल्ने भयो भने ?
    सुगर लागेको मान्छेको पिसाबले गाडिलाई पनि सुगर रोग सथ्र्यो होला ।
    बुद्धको जन्मस्थल लुम्बिनी कहाँ पर्छ ?
    मलाई झुक्याउने ? रूपन्देहीमा पर्छ ।
    हामी कहिलेकाहीं खुसी हुँदा पनि रुन्छौं, किन ?
    धेरै खुसी हुँदा नि रुने तन्तुसँग कनेक्सन भएर होला ।
    साप्ताहिकमा केटाको ब्लो अप प्रकाशन गर्न के गर्नुपर्ला ?
    केटाहरूको तिघ्राको रौं काटेर सलक्क पार्नुपर्छ ।
    नेपाल लोडसेडिङ मुक्त क्षेत्र घोषणा भयो भने ?
    टेलिभिजन र इन्टरनेट ढुक्कले चलाउन पाइन्थ्यो ।
    सूर्य किन पश्चिमबाट उदाउँदैन ?
    पूर्वमा अस्ताउन नमिल्ने भएर ।
    रेखा थापाले बिहे गरौं भनेर जिद्दी गरिन भने ?
    उनी पनि भर्जिन नै छिन रे, के फरक पर्छ र ?
    स्रोत : कान्तिपुर साप्ताहिक


    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र