• Breaking News

    9.03.2015

    किन भाइरल बन्यो मृत बालकको यो तस्विर ? (फोटोफिचर)

    समुद्री किनारमा मृत फेला परेको यी बालकको फोटो अहिले बिश्वभर भाइरल बनिरहेको छ । प्रहरीले बालकको शव तुर्कीको प्रमुख पर्यटकीय रिसोर्ट नजिकैको समुद्री तटमा भेटेको थियो ।
    तुर्कीको तटमा गत बुधबार भेटिएका एक बच्चाको शवले यूरोपमा बढ्दै गएको शरणार्थी संकटको अवस्थालाई प्रस्तुत गरेको छ । रातो रंगको टीसर्ट र निलो जुत्ता लगाएका यी तिनै १२ जना सिरियाली समूहका एक बालक हुन् जो ग्रीस पुग्नका लागि डुंगामा आउँदै गर्दा दुर्घटना भएको थियो । स्पेनदेखि स्वीडेनसम्मका पत्रपत्रिकाले बालकको मृत तस्वीरलाई प्रथम पृष्ठमा प्रकाशित गरेका छन् ।


    सिरियामा हजारौं मानिसहरु युद्ध र संघर्षबाट भागिरहेका छन् । ट्वीटरमा बालकको तस्वीर ह्युमेनिटी वास्ड एशोर नामबाट वल्र्ड टप ट्रेडिङ टपिक्स बनिरहेको छ । ब्रिटेनको डेली मेलले यो तस्वीरलाई ‘टिनी भिक्टिम अफ ए ह्युमन क्याटास्ट्रोफी’को नाम दिएको छ भने इटालीको रिपब्लिकाले ‘वान फोटो टु साइलेन्स द वल्र्ड’ शीर्षक दिएको छ । त्यस्तै बिश्वभरका मिडियामा यो फोटो छाइरहेको छ ।
    शरणार्थी समस्या र युरोप सपनाको प्रतिकको रुपमा शेयर भैरहेको छ ।

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र