माओवादीले संसदीय व्यवस्थाका बिरुद्ध सशस्त्र आन्दोलन गरेर देशलाई थला पारी सकेको थियो । राज्यका सुरक्षाकर्मीहरु आफ्ना व्यारेकमा राती सुत्न सकिरहेका थिएनन् । सत्तामा बसेर संसदवादीहरु भन्दै थिए, यि आतंकवादीहरुलाई राज्यले ठेगान लगाउने छ ! त्यही मौकामा देशी बिदेशी अपराधिहरु मिलेर षड्यन्त्र पुर्वक तरिकाले लोकपृय राजा बिरेन्द्रको खानदान समाप्त गरियो र त्यो आरोप निर्दोश राजा ज्ञानेन्द्र शाहको परिवार माथि थोपर्ने काम गरियो !
म निर्दोश यस कारण भनि रहेको छु कि—राजा बिरेन्द्रको बंशनाश गर्ने राजा ज्ञानेन्द्र शाह हुन भनेर आरोप लगाउने संसदवादी र माओवादीहरु दिल्लीको आड्मा सत्तामा आए र अहिले पनि नेपालको सत्ता तिनीहरुकै हातमा छ । राजा ज्ञानेन्द्र शाह यदि अपराधि थिए भने तिनलाई दन्डित गर्न किन सकेनन् ? दिल्लीको ग्राइन्ड डिजाईनमा जनयुद्ध नामको हिंसा मच्चाउने नृदयी प्रचण्ड र संसदीय व्यवस्थाको ठेकेदार अर्को क्रुर तानाशाह गिरिजा प्रसादले हात मिलाउँदा नयाँ व्यवस्था आयो भनेर ताली बजाउने बिवेकहीन जालीहरु यति बेला कुन दुलामा पसेका छन ? आफ्नो देशको सुरक्षा शक्ति बिदेशीको निगरानीमा राखेर देश कमजोर बनाउने र जनताकाबीच फाटो ल्याउने बिदेशीका कमाराहरुको कुबुद्धिका कारण देश कमजोर भएको छ । अव देश माथि उठाउन त्यति सजिलो छैन । नेपाली भएर बाँच्न चाहनेहरुले नेपाली सेनाका तागतमा अपराधि सँग लड्न सक्ने र जनतालाई न्याय दिन सक्ने नैतिक तागत भएको जनमुखी सत्ता स्थापना गर्न सक्नुपर्छ । संबिधानको खोस्टो फुर्सदमा बनाउँदा हुन्छ !
नेपाली भुगोलमा बसोवास गर्ने कुनै पनि जाती,धर्म र समप्रदायको नेपाली नेपालको कुनै पनि भुभागमा बिना रोकटोक अस्थायी वा जमिन खरिद गरेर स्थायी रुपमा बसोवास गर्न पाउने बिगतको व्ववस्था उत्तम थियो । यद्धपि अहिले पनि त्यो सामाजिक र कानुनी रुपमा चलिरहेकै छ । तर नेपालका राजनीतिक दलका नेताहरुले एउटा जातको नेपाली अर्को जातको नेपालीको बस्ति र भुगोलमा जान र बसोवास गर्न नसक्ने अवस्था सृजना गराए ! लोकतन्त्रको आवरणमा समाजलाई छिन्न भिन्न पार्ने यस्ता हरामीहरु सँग नेपाली जनताले एक पटक कठोर लडाई लढ्नु पर्ने अवस्था आएको छ । यो काम जनताले आफै गर्दा धनजनको निकै ठुलो क्षेति पनि हुन सक्छ । राज्य र सरकारका स्थायी समरचनाले तात्कालिन अवस्थालाई मुल्याङ्कन गरेर अघि बढ्दा झनै उत्तम हुनेछ । देश र नेपाली जनतालाई आपसमै जुधायर धाक लगाउने जो कोही सँग राज्यका कुनै पनि निकायले डराउनु पर्ने कुनै कारण छैन । अपराधि भनेको त अपराधि नै हो नि ! यो संकटबाट देशको रक्षा गर्न र जनताको जीवनको सुरक्षा गर्न जस्ले हिम्मत गर्न सक्छ,त्यो इतिहासमा चर्चा गर्न लायक बाहादुर हुनेछ ! त्यसपछि यो मुद्धाको फैसला नेपाली जनताले गर्ने हो ! लेखक तथा विश्लेषकः अनिल योगी को फेसबुक बाट साभार
No comments:
Post a Comment