• Breaking News

    9.09.2015

    नेपाली महिलालाई बन्धक बनाई बलात्कार गर्ने साउदी अधिकारीलाई कुटनीतिक संरक्षण

    काठमाडाैं, भदाै २४ ।  दुई जना नेपाली महिलालाई बन्धक बनाई बलात्कार गरेको आरोप लागेका साउदी अरेबियाका अधिकारीलाई पक्राउ गर्न कानूनी जटीलता देखिएको छ ।

    कुटनीतिक संरक्षण भएकाले ती अधिकारीलाई पक्राउ नगरिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । पीडित.मध्ये एक ५० बर्षिया लिम्बू महिला हुन् । उनी तीन नातीनातिनाका हजुबारअामा समेत हुन् । यस्तै ३० बर्षिया अर्की महिला ३ छाेरीछोरीकी अामा हुन् ।

     यसअघि दुईजना नेपाली महिलामाथि भारतको राजधानी दिल्ली नजिकै बलात्कार भएको भनिएको घटनामा साउदी अरेबियाका एकजना कूटनीतिज्ञ संलग्न रहेको बताईएको थियो ।

    घटनाबारे अनुसन्धान गरिरहेको भारतीय प्रहरीले जनाएको थियो । तर, ती व्यक्तिलाई कुटनीतिक संरक्षण भएकाले पक्राउ गरेर अनुसन्धान गर्न सकिएको छैन ।

      भारतीय सर्वाेच्च अदालतका वरिष्ठ वकिल केटीएस तुलसीका अनुसार विना कुटनीतिक संरक्षण कुनै पनि देशले दोस्रो देशका कुटनीतिज्ञलाई गिरफ्तार गर्न सक्दैन ।

    अन्तर्राष्ट्रिय कानूनमा के छ ?

     भारतले सन् १९६१ मा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धिअनुसार विदेशी कुटनीतिज्ञलाई कुटनीतिक संरक्षण दिइएको छ । यो सन्धिको २९ औं अनुच्छेदमा कुनै पनि कुटनीतिज्ञलाई हिरासतमा लिन सकिदैन । कुटनीतिज्ञलाई गिरफतार गरिदैन भने उनीबिरुद्ध कुनै पनि मुद्दा दर्ता गरिनेछैन, जसले ती कुटनीतिज्ञको प्रतिष्ठामा ठेस पुगोस् ।

     यस्तै ३१ औं अनुच्छेदमा कूनै पनि कुटनीतिज्ञलाई आपराधिक गतिविधिमा समेत छुट दिइएको छ ।  यद्यपी भारत–साउदी कुटनीतिज्ञलाई कारबाही गर्न परेमा कुटनीतिज्ञलाई पदबाट हटाउनु पर्छ । भारतले अन्तर्राष्ट्रिय कानुनको वेवस्ता गर्दै साउदीका कुटनीतिज्ञलाई कारबाही गरेमा साउदीले पनि त्यसै गर्नसक्छ ।

      यसअघि भारत र पाकिस्तानबीच पनि कुटनीतिज्ञको गिरफ्तारीका विषयमा तनाव हुने गर्छ । यद्यपी कुनै पनि देशले दोस्रो देशका कुटनीतिज्ञलाई हात लगाउन पाउँदैन ।

      नेपाली महिलाई बलारत्कार गरेको आरोप लगोका साउदी अरबका कुटनीतिज्ञलाई भारतीय जाँच  एजेन्सीले सोधपुछ समेत गर्न सक्दैन । उनीबिरुद्ध कुनै प्रकारको कारबाही हुने छैन जबसम्म उनी कुटनीतिक रहिरहेछन् ।

    साउदी अरेबियाले आफ्ना कुटनीतिज्ञलाई दोषी पाएमा उनलाई पदबाट हटाएमात्र कारबाही हुनसक्नेछ । तर, आफ्ना अधिकारी बदनाम हुने डरले साउदीले उनलाई पदबाट हटाउने कुनै संकेत देखाएको छैन ।  

    यसअघि ३० वर्ष हाराहारीका दुई नेपाली महिलाहरुलाई अपहरण गरी एउटा भाडाको घरमा  ती कूटनीतिज्ञले पटक–पटक  बलात्कार गरेको बताएइएको थियो ।  आफुहरुलाई अपहरण गरी एउटा भाडाको घरमा ती कुटनीतिज्ञले पटक–पटक  बलात्कार गरेको पनि महिलाहरुले बयान दिएका थिए ।

    गुडगाँव प्रहरीका अनुसार ती महिलाहरुले आफूहरुलाई यसअघि साउदी अरेबियाको जेद्दा शहरमा लगिएको र त्यहाँ घरेलु काम गरेको अनि त्यसपछि बलात्कार गरिएको बताएका थिए ।

      केहि दिन पहिले महिलाहरुलाई साउदी अरेबियाबाट गुडगाँव ल्याइएको थियो र त्यहाँस्थित एउटा घरमा उनीहरुलाई बलात्कार गरिएको थियो ।  गुडगाँव प्रहरीका अुनसार घटना भएको भवनको एउटा तल्ला साउदी दूतावासले भाडामा लिएको थियो ।

      अर्की महिला उक्त घरमा काम गर्न गएको बेला ती दुई महिलाको अवस्थाबारे थाहा पाएर उनले एउटा गैरसरकारी संस्थालाई जानकारी गराएको गुडगाँव प्रहरीले जनाएको थियो ।
      त्यसपछि गुडगाँव प्रहरीले डीएफएल फेज २ स्थित एउटा भवनमा छापा मारेर ती महिलाहरुलाई मुक्त गराएको थियो ।
    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र