• Breaking News

    9.16.2015

    गुण्डा तह लगाउन हङकङबाट एसएसपी खनाललाई फोन

     काठमाडौं, ३१ भदौ । डन कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी मुठभेडमा मारिएपछि राजधानीका गुण्डाहरुको भागभाग भएको छ ।

    गुण्डाहरुबाट आजित व्यवसायीहरुले प्रहरीलाई धन्यवाद समेत दिएका छन् । तर नेपालका गुण्डाहरुले बिदेशमा समेत आफ्नो राज चलाउादै आएको खुलेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

    केही नेपाली गुण्डाहरुले नै हङकङमा दु:ख दिएको भन्दै त्यहााका नेपाली व्यवसायीहरुले महानगरिय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई फोन समेत गर्न थालेका छन् ।


    हङकङ नेपाली गुण्डाहरुको ट्रान्जिट सहर मानिन्छ । प्रहरीले खोजी गरेको थाहा पाउने वित्तिकै धेरै जना हङकङ पुग्ने गर्दछन् ।

    उनीहरुको हङकङमा नेटवर्क नै रहेको स्रोत बताउाछ । खासगरी चक्रे मिलनका हङकङमा धेरै सहयोगीहरु छन् । चक्रेसाग हङकङको आईडी समेत छ ।

    उनी पटक पटक हङकङ जाने गरेका छन् । हङकङमा रहेका नेपालीहरुसाग समेत चक्रेले पैसा उठाउने गरेका छन् । त्यस्तै बिशाल गुरुङ लगायतको विभिन्न नेपाली गुण्डाका समूहहरु हङकङमा बस्दै आएका छन् ।

    उनीहरुलाई पनि ठिक पारिदिनुपर्‍यो भन्दै एसएसपी खनाललाई त्यहाा रहेका नेपालीहरुले फोन गर्दै आएको स्रोत बताउाछ ।

    त्यस्तै ललितपुरका कहलिएका गुण्डा नाइके मिनकृष्ण महर्जन र घैंटेका सहयोगी समिरमानसिंह बस्नेत दिल्ली पुगेका छन् ।

    दिपक मनाङ्गे भने कहिले मनाङ त कहिले काठमाडौं ओहोर दोहोर गरिरहेका छन् भने गणेश लामा पनि विदेश गएका छन् ।

    मनाङ्गेले सहयोगी उमेश लामा मार्फत ठेक्का पट्टाको काम गरिरहेका छन् । लामा प्रहरीका उच्च अधिकारीहरुसाग सम्पर्क बढाउादै मिटर व्याजको धन्दामा सक्रिय छन् ।

    काभ्रेली समूहका छोटे डनले चिनिने विष्णु लामा पनि प्रहरी कारबाही पर्ने डरले गोवा पुगेको चर्चा छ । त्यस्तै काभ्रेली समूहकै लालकाजी लामाले दिपक अर्याल नामका एक दलालसाग तीन लाखको तीन वर्षमा दश लाख असुलीसक्दा समेत व्याजको ताकेता गरेपछि अर्याल सम्पर्क विहिन भएका छन् ।

    त्यसैगरी पाटनका मनोज खड्की, कालीमाटिका सुरेन प्रधान, ललितपुरका विरेन्द्र महर्जन पनि मिटर व्याजको धन्दामा सक्रिय छन् ।

    यतिखेर काभ्रेली समूहका गुण्डाहरु मिटर व्याजमार्फत कमाउ धन्दामा सक्रिय भएका छन् ।
    dainiknepal

    भिडियोको लागि तल क्लिक गर्नुहोस् ।



    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र