• Breaking News

    9.06.2015

    गोकर्ण रिसोर्टका तस्बिर सार्वजनिक गरेपछि गृहमन्त्रीका स्वकीय सचिव हटाइए

    गोकर्ण रिसोर्टमा एमाले नेताहरू नाचेको तस्बिर सार्वजनिक गरेको अभियोगमा गृहमन्त्री गौतमले स्वकीयसचिव विष्टलाई पदबाट हटाएका छन् । विष्टप्रति आक्रोशित हुँदै आफू गृहमन्त्री हुँदासम्म गृह मन्त्रालयमा प्रवेश नगर्न समेत उनले चेतावनी दिएका छन् ।



    ‘त जहाँ जान्छस् जा । तर, मेरोअगाडि अब कहिले पनि देखानपर्नू,’ गौतमले आक्रोशित हुँदै भने, ‘गाडी चढ्न मन छ चढ्, मिडियामा छाउन मन छ भने, त्यो पनि गर् । तर, म गृहमन्त्री हुँदासम्म मेरोअगाडि नआउनू ।’


    काठमाडौं । नेकपा एमालेका नेताहरू गोकर्ण रिसोर्टमा नाचेको तस्बिर सार्वजनिक गरेको अभियोगमा गृहमन्त्री वामदेव गौतमका स्वकीयसचिव विराट विष्ट कारबाहीमा परेका छन् । गृहमन्त्री गौतमले उनलाई स्वकीय सचिवबाट हटाउँदै गृह मन्त्रालय प्रवेशमा समेत रोक लगाएका छन् ।
    नेकपा एमालेको केन्द्रीय समितिको बैठक सकिएलगत्तै एमालेअध्यक्ष केपी शर्मा ओलीसहितका नेता गोकर्ण रिसोर्ट पुगेका थिए । त्यहाँ उनीहरूले रमाइलो गरी नाचगान पनि गरेका थिए । उक्त तस्बिर विराटले सार्वजनिक गरेको भन्दै गृहमन्त्रीले स्वकीयसचिव विराटलाई गृह मन्त्रालय प्रवेशमा रोक लगाएका हुन् ।
    अनलाइन र पत्रपत्रिकालाई तस्बिर दिएको भन्दै गृहमन्त्रीले शुक्रबार विष्टलाई गृह मन्त्रालयलबाट निकालेका छन् । ‘त जहाँ जान्छस् जा । तर, मेरोअगाडि अब कहिले पनि देखानपर्नू,’ गौतमले आक्रोशित हुँदै भने, ‘गाडी चढ्न मन छ चढ्, मिडियामा छाउन मन छ भने, त्यो पनि गर् । तर, म गृहमन्त्री हुँदासम्म मेरोअगाडि नआउनू ।’
    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र