• Breaking News

    9.01.2015

    परराष्ट्र मन्त्रीको आरोप, ‘हाम्रो प्रधानमन्त्री नै लुते भएपछि..

    काठमाडौं, १६ भदौ ।
    आइतबार भैरहवा पारी एउटा प्रहरी कार्यालय उद्घाटन गर्न आएका भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालका केही ठाउँको आन्दोलनबारे दिएको ‘विवादास्पद’ बयानसम्बन्धी पत्रिकाको कटिङ अध्यक्ष केपी ओलीले पढेर सुनाए ।
    अस्ति सोमबार यसरी सुरु भएको एमाले स्थायी समिति बैठकमा परराष्ट्र मन्त्री महेन्द्र पाण्डेको प्रस्तुतिचाहिँ झनै सनसनीपूर्ण थियो । उनले आफ्नै देशका प्रधानमन्त्री लुते र कुटनीतिक रुपमा कमजोर भइदिँदा विदेशीको हौसला बढेको जानकारी नेताहरुलाई उदाहरणसहित दिए ।
    जानकारीअनुसार, वैशाख १२ को भूकम्प आउनु २ दिनअघि इण्डोनेशियाको राजधानी जकार्तामा साउथ–साउथ कोअपरेशनको बैठक डाकिएको थियो । त्यहाँ सहभागी हुँदाको पहिलो प्रसंग नै नेपाली नेताको निरिहता प्रकट गर्न काफी छ ।
    बिहानैदेखि हाम्रा प्रधानमन्त्रीले परराष्ट्र मन्त्रीलाई भन्न थालेछन्– लौ न, सुष्माजीलाई भेट्नुपर्यो । मन्त्री पाण्डेले जवाफ फर्काएछन्– ‘के कुरा गरेको सम्माननीयज्यूले यस्तो ? प्रोटोकल मिल्नु परेन ? तपाईलाई भेट्न उहाँ आउने कि उहाँलाई भेट्न तपाई जाने ?’
    जति सम्झाए पनि केही लागेन । सिटिङ अरेन्जमेन्ट ने नमिलाई भारतीय मन्त्रीलाई प्रधानमन्त्रीले दिउँसो भेटी छाडे । तर गतिलो कुराचाहिँ केही पनि भएन । झर्को लागेर सुष्मा स्वराज ‘बन्द सेशन सुरु हुन लाग्यो’ भन्दै हिँडिन् । जनआस्था साप्ताहिकमा खबर छ ।
    त्यो भेटमा सुशील’दालाई पुगेन । धित मरेन । राति उनका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले पाण्डेलाई रिपोर्टिङ गरे, ‘मन्त्रीज्यू, बूढा फेरि भेट्न गएजस्तो छ, बुझ्नुस् है ।’

    भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र