काठमाडौं, १६ भदाै ।
कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले भदौ मसान्तसम्म संविधान जारी हुन नसके संघीय लोकतान्त्रिक गणतन्त्रमै खतरा हुने भन्दै नेतृत्वलाई सबै पक्षसँग वार्ता गरेर तत्काल संविधान जारी गर्न आग्रह गरेका छन्।
‘अहिलेको दोस्रो संविधानसभाले पनि संविधान जारी गर्न नसके राजनीतिक कोर्स पछाडि फर्कने र त्यसले हटेका राजा पनि फेरि आउन सक्ने खतरा रहेको सबैको धारणा थियो’, बैठकपछि कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने, ‘अहिले पूर्वराजाका नजिक रहेका व्यक्तिहरू जनतालाई उत्तेजित पार्ने गरी अघि बढेकाले त्यसलाई सरकारले रणनीतिक हिसाबले टुंग्याउनुपर्ने धारणा आएको छ।’
बैठकमा बोल्ने सदस्यहरूले संविधानसभामा पेस भएको नयाँ संविधानको विधेयकलाई अझै राम्रो बनाउन जरुरी रहेको भन्दै प्रमुख दलहरूबीच सहमति गरेर सयुक्त संशोधान प्रस्ताव पेस गर्न सुझाव दिएका अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
‘संविधानसभाभित्र र बाहिर उठेका मागलाई सम्बोधन गर्न कांग्रेस उदार र लचिलो हुनुपर्छ’, खाँडले भने, ‘चार दलको सहमतिमै ती सबैको माग पूरा हुने गरी तत्काल संशोधान प्रस्ताव दर्ता गरेर आन्दोलन फिर्ता गराउनुपर्ने सुझाव पनि बैठकमा आएको छ।’
भिडियो हेर्न तल क्लिक गर्र्नुहोस :
No comments:
Post a Comment