रिपोर्टस क्लवले आयोजना गरेको कार्यक्रममा अनन्तले ‘संविधान विरोधी शक्तिले २,३ सय मान्छे मार्ने योजना बनाएको र त्यो सुचना आफुसम्म आएको’ बताउँदा केही मानिसहरुले माओवादीका प्रचण्डदेखि सबे तहका नेताहरुलाई मनोरोग लागेको भन्दै उडाएका थिए ।
अनन्तले खबरडबलीसँग भने, –‘सरकार वेपर्वाहा चलिरहेको छ संवेदनशिल सुचनालाई नलिने र आवश्यक कदम नचाल्दा गम्भिर दुर्घटना भयो । अझैपनि जनताका जायज मागलाई यथेष्ट सम्बोधन गर्ने र षड्यन्त्रकारीहरुलाई घुसपैठ हुन नदिन जिम्मेवार नेताहरु लाग्नुपर्छ । ’
यदी बेलैमा उक्त सुचनामाथि राज्यका निकायहरुले ध्यान दिएको भए कैलाली नरसंहार नहुनपनि सक्थ्यो । उनै वर्षमान पुनले सोमबार पनि राज्य सचेत हुन र जनताका जायज मागहरु सम्बोधन गरी त्यस्ता षड्यन्त्रकारीहरुलाई ठाउँ नदिन फेसबुक स्ट्याटस लेखेका छन् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment