जसले प्रगाढ सम्बन्ध र चरम सन्तुष्टि दिन्छ
‘फर्स्ट सेक्स’ मा जो कोही पनि चरम आनन्दको पर्खाइसंगै तिब्र उत्तेजनामा हुन्छन । अर्को बिर्सिनै नहुने कुरा के पनि हो भने पहिलो सेक्स जीवनभरकै अविस्मरणीय पल पनि हो । तपाइले पछि जतिसुकै यौनसुख प्राप्त गरे पनि पहिलो सम्भोगको यादले तड्पिन बाध्य हुन्छ । त्यसैले पनि पहिलो सेक्सलाई सक्दो आनन्दमय बनाउनु पर्छ । आफु मात्रै होइन आफ्नो पार्टनरलाई पनि भरपुर सन्तुष्टि दिलाउनेतर्फ अग्रसर हुन पर्छ ।
उत्तेजनाको जोशमा आफ्नो पार्टनरको चाहनालाई बिर्सिन हुदैन । यो धेरै पुरुषहरुले गर्ने ठूलो गल्ती हो । स्मरण होस् पुरुषहरुको तुलनामा महिलाहरुलाई उत्तेजनामा आउन अलि बढी समय लाग्छ । महिलाहरुलाई उत्तेजनामा ल्याउन पनि पुरुषले गर्ने ‘फोरप्ले’ को कलामा निर्भर हुन्छ । त्यसैले पनि फर्स्ट सेक्समा पुरुषको महत्वपूर्ण भूमिका हुन्छ ।
फोरप्ले
पहिलो सहवासका बेला सिधै यौन सम्पर्कमा लीन हुने हतारो हुन्छ धेरैलाई । पाकक्रिडा अर्थात् फोरप्लेमा भुल्न चाहँदैनन् धेरै जना । तर यदि पहिलो सहवासमा पनि पर्याप्त सन्तुष्टि हासिल गर्न चाहनुहुन्छ भने पर्याप्त फोर प्ले मा सहभागी हुनुहोस् र आफु तथा पार्टनरलाई वार्मअप हुने पर्याप्त मौका प्रदान गर्नुहोस् । जति धेरै पाकक्रिडा उति नै धेरै यौन सन्तुष्टि प्राप्त हुन्छ ।
पूर्ण उत्तेजित
तपाइँ सहवास अघि पूर्ण रुपमा उत्तेजित हुनु आवश्यक हुन्छ । यदि पूर्ण रुपमा यौनउत्तेजनामा नआएको अवस्थामा हुने यौनक्रिडाबाट पार्टनर स्खलित भए पनि यौन आनन्द पूर्णरुपमा प्राप्त हुन सक्दैन
नाटक नगरौ
धेरै मानिसहरुले सहवासको बेला आफुलाई चरम आनन्द प्राप्त नभएपनि प्राप्त भएको नाटक गर्छन । उनीहरुले आफ्नो पार्टनरलाई खुसी पार्न यसो गरेका हुन्छन् । यस्तो व्यवहार यौन जिवनका लागि प्रत्युत्पादक हुन्छ । त्यसैले सहवासका बेला चरम आनन्दको मामिलामा नाटक गर्नु हुँदैन र यथार्थ व्यवहार प्रदर्शन गर्नुपर्छ । तबमात्र पार्टनका लागि सही यौनिक सम्बन्ध र क्रियाकलापको सुधारमा सहयोग पुग्दछ । अहिले पहिलो सहवासमा त ढोङ र नाटक पूर्णरुपमा निषेध नै हुनुपर्छ ।
घमण्ड होइन खुलस्त होऔं
यौनको मामिलामा पुरुषहरु अलिक बढी घमण्डी हुन्छन् । आफ्नो कमजोरी तथा असमर्थता र लाज देखाउन चाहँदैनन् र आफुलाई प्रायः सेक्सको विज्ञ नै ठानेर सोही अनुरुप आफ्नो महिला पार्टनरलाई व्यवहार गर्दछन् । तर यस्तो व्यवहार सन्तोषदायी सेक्सका लागि उपयुक्त हुँदैन । आफ्नो पार्टनरसँग आफ्ना सबै कुरा खुलस्त भन्ने तथा अनुभवहरु शेयर गर्नुपर्छ । पार्टनरको भावनालाई पनि इज्जत गर्दै सहवासमा संलग्न हुनुपर्छ ।
चरम सन्तुष्टिको अपेक्षा
पहिलो सहवासमा नै पूर्ण चरम आनन्द प्राप्त नहुन सक्छ, अझ बढि महिलाको हकमा । किनकी पहिलो सहवासमा पुरुष छिटै स्खलित हुने सम्भावना अत्यधिक हुन्छ । यद्यपि चरमआनन्द अर्थात् अर्गाज्मले यौन सन्तुष्टिलाई बढाउँछ तर अर्गाज्म प्राप्त नभएपनि तपाइँले सहवासको मज्जा उठाउन सक्नुहुन्छ । त्यसैले पहिलो सहवामा चरम आनन्दको अपेक्षा नराख्नु नै ठीक हुन्छ । यदि प्राप्त भैहालेमा ठीकै छ नभए जतिसम्म सकिन्छ त्यसमै धेरै भन्दा धेरै मज्जा लुट्ने प्रयास गर्नुपर्छ र चिन्ता लिनुहुँदैन ।
सुरक्षित यौन सम्पर्क
धेरै मानिसले आफ्नो पहिलो सहवासमा निकै धेरै उत्तेजित, पुलकित, अर्धबेहोसी तथा लीन भएका हुन्छन् । सहवासमा आनन्दको मामिलामा कुनै कन्जुस्याइँ गर्नु उपयुक्त हुँदैन तर आनन्द उठाउने नाममा यौन सुरक्षाको विषयसँग सम्झौता भने गर्नु हुँदैन । यौन संक्रामक रोग तथा नचाहेको गर्भाधारणबाट जोगिनका लागि सहवासका बेला कण्डमको प्रयोग गर्नु पर्छ । भैपरी तथा स्वार्थवस सम्भोगका लागि मात्र सम्बन्ध गाँस्नेसँग होइनकी विश्वसनीय पार्टनर जसले तपाइँको केयर गर्छ ऊ सँग मात्र यौन सम्बन्ध कायम हुनुपर्छ र त्यस्तो यौन सम्बन्ध मात्र सुरक्षित हुन्छ ।
पार्टनरको भावनामा ठेस
पहिलो पटकको सहवासका क्रममा प्रकट हुने व्यवहारले पार्टनरको चित्त दुख्न सक्छ । तर त्यसो हुँदैमा तपाइँ कामै नलाग्ने पार्टनर तथा प्रेमी हो भन्ने प्रमाणित भएको ठान्नु हुँदैन । यदि पार्टनरको व्यवहार तथा सम्बन्धको कुनै विषयले तपाइँको चित्त दुखेको छ भने मनमा कुरा नगुम्साउनुहोस्, खुलस्त भन्नुहोस् । यदि तपाइँको पार्टनर अलिक बढि संवेदनशील छ भने उसको भावना बुझ्नुपर्छ र हेरचाह गर्नुपर्छ ।
ठूलो महत्वाकांक्षा
धेरै मानिसले आफ्नो पहिलो सेक्स जादुमयी होस् र पहिलो सेक्सको अनुवभ अविष्मरणीय होस् भन्ने चाहन्छन् । तर त्यस्तो नहुन सक्छ । राम्रो सहवासको सीप समयसँगै सिकिने र सुधार हुँदै जाने कुरा हो ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment