एजेन्सी, मुम्बई, भदौ २
करिब २५ वर्ष पछि फिल्म निर्देशनमा फर्किने तयारीका लागि चर्चित बलिउड अभिनेता नाना पाटेकर काठमाडौं आउने भएका छन्। नाना आफूले निर्देशन गर्न लागेको दोस्रो नाम नराखिएको फिल्मको सुटिङ् स्थल अवलोकनका लागि नेपाल आउन लागेका हुन्। निर्देशनमा फर्किन लागेका नानाले प्रेस ट्रष्ट अफ इण्डिया(पिटिआइ)सँग कुरा गर्दै उक्त कुरा बताएका हुन्।
उनले भने, म एउटा फिल्म निर्देशन गर्दै छु जून एउटा जीवनीमा आधारित हुनेछ। फिल्ममा एउटा केटीको जीवन वरीपरी घुम्नेछ। म सुटिङ् स्थलको खोजीमा छिट्टै हिड्ने तयारीमा छु। म काठमाडौं जाँदैछु।' नानाले आफू अभिनित फिल्म 'अब तक ५६'को तेस्रो श्रृखंला निर्देशन गर्ने चर्चा चलेको थियो। सो हल्लालाई खारेज गर्ने क्रममा उनले काठमाडौं आउन लागेको खुलासा गरेका हुन्। यध्यपी उनी कहिले काठमाडौं आउने हुन भन्ने बारेमा केही खुलाएका छैनन्।
आफ्ना योजनाका बारेमा बोल्दै नानाले थप यसो भने, 'म आफ्ने निर्माण कम्पनि शुरु गर्दैछु। मेरो छोराले फिल्म बनाउँनेछ। हामी गम्भिर किसिमका फिल्म बनाउँनेछौं।' नानाले सन् १९९१ मा 'प्रहार: द फाइनल एट्याक' फिल्मबाट निर्देशक बनेका थिए। त्यस यता उनले कुनै फिल्म निर्देशन गरेका छैनन्। फिल्ममा नाना स्वयमंका अलावा माधुरी दिक्षित, डिम्पल कम्पाडियाको अभिनय रहेको थियो। उनको 'वेलकम ब्याक' फिल्म सेप्टेम्बर ४ मा रिलिज हुँदैछ
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment