• Breaking News

    8.25.2015

    बुधबार सुनको मूल्य ह्वात्तै घट्यो

    काठमाडौं, ९ भदौ । गएको हप्ता २४ सय रुपैयाँले बढेको सुनको भाउ बुधबार ह्वात्तै घटेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेको हो । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । मूल्य घटेसँगै बुधबार सुन प्रतितोला ५१ हजार रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
    यसअघि मंगलबार सुन ५१ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएकाले नेपालमा पनि मूल्य घटेको महासंघले जनाएको छ ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र