घटनास्थलमा प्रहरीले मृतक महिलाको नागरिकताको प्रतिलिपि भेटेका थिए । प्रतिलिपि अनुसार मृतक महिला शारदासिंह ठकुरी र उनको स्थाई घर भीरकोट २ दोलखा रहेको छ । घर भाडामा दिने घर धनीले उनिहरुको पहिचान खुल्ने कुनै पनि कागज पत्र आफुसंग नभएको आफुले कागज पत्र माग्दा पछि दिन्छु भन्दै आलटाल गरेको ले उनिहरुको पूर्ण पहिचान आफु संग नभएको बताएका छन् ।
मृतक पुरुषको कुनै पनि पहिचान नखुलेको तर बा ४१ प ७०१२ नंबरको यामाहा कम्पनीको मोटर बाईकको ब्लुबुक भेटिएको र उक्त कोठामा पाईएको सो ब्लुबुकमा विनोद राई नाम रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमको लागि त्रि वि शिक्षण अस्पतालमा राखिएको छ भने घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
No comments:
Post a Comment