• Breaking News

    8.21.2015

    कञ्चनपुरको दोधारा-चाँदनीमा बिचित्रको बच्चा जन्मियो !

    महेन्द्रनगर, ४ भदौ । कञ्चनपुरको दोधारा चाँदनी एक विचित्रको बच्चा जन्मिएको छ ।
    दोधारा चाँदनी नगरपालिका वडा नं. २ निवासी २१ वर्षीय बिरमा सुनारले बिचित्र प्रकारको टाउको भएको छोरी जन्माएकी हुन् । हिजो बिहान सुत्केरी ब्यथा लागेर प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनी पुगेकी बिरमा सुनारले बिचित्र शिशुलाई जन्म दिएकी थिइन् । जन्मेको ३ घण्टा नबित्दै शिशुको मत्यु भएको स्थानीय सुरेश भट्टले बताए । घाटी भन्दा तलको भागको शारिरिक बनोट सामान्य रहे पनि, टाउको बिचित्र रहेको बताईएको छ ।
    मुख फैलिएको तथा नाक ठुलो बिछुट्टै प्रकारको रहेको बताईएको छ् । उनको समान्य प्रकारले प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँदनीमा प्रसुति भएको थियो । जन्मेको ३ घण्टा नबित्दै शिशुको मृत्यु भएको परिवारजनले जनाएका छन् ।
    केहि दिन अघि दोधारा चाँदनी नगरपालिका वडा नं. ९, नमुना टोलकी सीमा सुनारले पनि यस्तै बिचित्र प्रकारको टाउको भएको छोरी जन्माएकी थिईन् । सिमाले जन्माएकी शिशु जन्मेको ३ दिनमा मृत्यु भएको थियो ।

    भिडियो हेर्न तलको बाकस थिच्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र